१९ जेठ काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सोमबार टुँडिखेलमा आयोजना गरिएको गणतन्त्र दिवसको विशेष समारोहमा उपस्थित भएनन्। केही दिन अगाडिसम्म नेतालाई डम्पिङ साइटमा लगेर फाल्नुपर्ने धारणा राखेका मेयरले गणतन्त्र दिवसको कार्यक्रम अघोषित रूपमा बहिष्कार गरेसँगै सामाजिक सञ्जालमा निकै चर्चा चलेको छ।
उनी राजावादी भएर हैन, अहिलेका नेताको चाला देखेर कार्यक्रममा नगएका हुन सक्छन्,’ सामाजिक सञ्जालमा प्रताप श्रेष्ठ लेख्छन्, ‘उनले जे गरेका छन् राम्रो गरेका छन् । श्रेष्ठले यसो भने पनि कतिपयले भने उनी राजवादी भएको आरोप लगाए। ‘एकातिर उनी नेताहरूलाई चोर भन्दै गणतन्त्र दिवसको कार्यक्रम बहिष्कार गर्छन्,’ सामाजिक सञ्जालमा अनुप कार्की लेख्छन्, ‘अर्कातिर राजावादीहरू बालेनको तारिफमा आफ्नो समय खर्चन्छन्।
विगतमा गणतन्त्र दिवसको अवसर पारेर टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा विगतको समय काठमाडौं महानगरपालिकाका मेयर तथा उपमेयर अनिवार्य रूपले उपस्थित हुँदै आएका थिए। यस्तोमा मेयर साहले कार्यक्रम बाहिष्कार गरेसँगै विभिन्न खाले टिकाटिप्पणी चलेको हो।