पोखरामा मोटरसाइकल चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका २९ बाट मंगलबार राति तीनवटा मोटरसाइकल चोरेको अभियोगमा १८ वर्षका ३ जना बालकलाई बुधबार बिहानै ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई हराएका ग ९ प ७४२५, ग ९ प २६३० र ग १६ प ९००६ नम्बरका तीन मोटरसाइकलसहित पोखरा ३३ बागमारा–कालिका भित्री सडक खण्डबाट नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता, डिएसपी श्रवण कुमार विकले जानकारी दिए ।