Logo

बिहिवार, श्रावण १४ गते २०८३

तनहुँ कारागारमा रहेका महिला कैदी बन्दी आयआर्जनमा लागेए

तनहुँ कारागारमा रहेका महिला कैदी बन्दी आयआर्जनमा लागेए

जोईन खबर

२०, जेठ २०८०
  • 613
    SHARES
  • तनहुँ कारागारमा रहेका महिला कैदी बन्दी आयआर्जनमा लागेए

    २० जेठ काठमाडौ । तनहुँ कारागारमा रहेका महिला कैदी बन्दी पछिल्लो समय आयआर्जनमा लागेका छन् ।सुरुआतमा कारागारमा रहेका १६ मध्ये पाँच महिला कैदीबन्दीले तानबाट झोलाको कपडा बुनेर आम्दानी गर्न थालेका थिए ।

    images

    कपडा बुन्न आवश्यक कच्चापदार्थ, तानलगायतको व्यवस्था मिलाएको कारागारकी चौकीदार मनमाया विक बताउँछन् । पोखरा कारागारमा रहेका महिला कैदीबन्दीलाई तनहुँ कारागारमा स्थानान्तरण गरिएपछि त्यहाँ सिकेको सीपलाई यहाँ निरन्तरता दिएको उनले बताए । 

     कैदीबन्दीले झोलाका लागि बुनेर तयार पारेको कपडा कारागारले नै बिक्रीको व्यवस्था मिलाएको तनहुँ कारागारका प्रशासक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

    भवन डिभिजन कार्यालय कास्कीको पाँच लाख सहयोगमा महिला कैदी बन्दीका लागि तान बुन्न पूर्वाधार निर्माण गरिएको छ । गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री दोबाटे विश्वकर्माले समेत कारागारमा विभिन्न पूर्वाधार निर्माणका लागि १० लाख बजेट विनियोजन गर्न सहयोग गरेका थिए ।

    प्रकाशित मिति :जेठ २०, २०८० शनिवार - १६:३७:२७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको