Logo

बिहिवार, श्रावण १४ गते २०८३

एनसेलको आम्दानी अहिलेसम्मकै न्यून, तीन महिनामै गुम्यो ५३ करोड

एनसेलको आम्दानी अहिलेसम्मकै न्यून, तीन महिनामै गुम्यो ५३ करोड

जोईन खबर

२०, जेठ २०८०
  • 727
    SHARES
  • एनसेलको आम्दानी अहिलेसम्मकै न्यून, तीन महिनामै गुम्यो ५३ करोड

    २० जेठ काठमाडौ ।प्रत्यक्ष विदेशी लगानीसमेत रहेको निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेल आजियाटा लिमिटेडको आम्दानी घटेर अहिलेसम्मकै न्यून भएको छ । आजियाटा लिमिटेडले सार्वजनिक गरेको सन् २०२३ को पहिलो चौमासिक वित्तीय विवरण अनुसार एनसेलले सुरु तीन महिनामा नौ अर्ब १८ करोड २० लाख रुपैयाँमात्र आम्दानी गरेको छ । 

    images
     

    यस हिसाबले अङ्ग्रेजी आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै गत आवको तुलनामा एनसेलले ५२ करोड ७० लाख रुपैयाँ आम्दानी गुमाएको छ ।

    सुरु तीन महिनामा कम्पनीले गरेको कूल आम्दानी मध्ये डेटातर्फ दुई अर्ब ९३ करोड ४० लाख रुपैयाँ र भ्वाइसतर्फ छ अर्ब २४ करोड ९० लाख रुपैयाँ रहेको छ । 

     

    सुरु तीन महिनामा कम्पनीको नाफा एक अर्ब १० करोड १० लाख रुपैयाँ हुने बताइएको छ । एनसेलले गत आर्थिक वर्षमा कूल ३९ अर्ब ८१ करोड रुपैयाँ आम्दानी गरेको थियो । 

    डेटाको वृद्धि नभएको, भ्वाइस तर्फको आम्दानी घट्दै गएको, अन्तरआवद्धता दर न्यून रहेको र प्रयोग गर्ने अवधि समेत घट्दै गएकाले त्यसको असर आम्दानीमा परेको एनसेलको मातृ कम्पनी आजियाटाले जनाएको छ ।

    प्रकाशित मिति :जेठ २०, २०८० शनिवार - १६:५६:०७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको