२० जेठ काठमाडौ । नेपाललाई दक्षिण एसिया स्याटलाइटको सेवा दिन आवश्यक ग्राउन्ड स्टेसन बनाउन भारतले सहयाेग गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग आफ्नो भ्रमणको क्रममा यस्तो सम्झौता गरेका हुन् ।
सम्झौता अनुरुप भारत सरकारले अनुदान सहयोगको रुपमा नेपाललाई दक्षिण एसिया स्याटलाइटको सेवा प्रदान गर्न एउटा ग्राउन्ड स्टेसनको निर्माण गरिदिनेछ ।