२० जेठ काठमाडौ ।गाेरखा बारपाक सुलिकाेट गाउँपालिका वडा न ४ साैरपानीका निवासी सन्तोष ढकाल को टिमले लियो जिल्ला परिषद ३२५ एल पाए पुर्णता नेपालको बोर्ड डिक्लियर्शन कार्यक्रम सुसम्पन भएको छ ।आज कुरिनटार स्थित गोर्खा बिच रिसोर्ट मा भएको बैठक बाट लायन बर्श २०२३/२४ को सम्पुर्ण बोर्ड ले पुर्णता पाएको हो ।
जिल्ला अध्यक्ष लियो सन्तोष ढकाल को नेतृत्व बाट बिभिन्न बिभाग हरु तय गरि ४४ जनाको बोर्ड बनेको छ भने अध्यक्ष र उपाध्यक्ष चैत्र २७ गते नै निर्बाचित भएका थिए बाकि रहेको बोर्ड आज जिल्ला अध्यक्ष ले पुर्णता दिएको छन ।
जस अनुसार १ निबर्तमान अध्यक्ष,१ लियो कलब चियरपर्शन, १ सचिब, १ सहसचिब ,१ कोषाध्यक्ष, १ सहकोषाध्यक्ष ,१ जनसम्पर्क अधिकृत, १ टेल ट्विस्टर ,१ टेम्मर ,१ प्रमुख जिल्ला अध्यक्ष सल्लाहकार, ५ जिल्ला सल्लाहकार ,१ क्षेत्रीय सम्योजक प्रमुख, १ डिपार्टमेन्ट चियरपर्शन प्रमुख, १ जिल्ला ब्यबस्थापक, ३ जिल्ला अध्यक्ष सल्लाहकार, ३ डाईरेक्टर, १ नेपाल लियो फाउन्डेशन चियरपर्स, ८ क्षेत्रीय सम्योजक ,७ डिपार्टमेन्ट चियरपर्शन ,२ ट्रेनिग पुल कमिटि गरेर ४४ सदस्य बोर्ड कार्यसमिति सम्पन गरेको छन ।
उक्त कार्यक्रममा जिल्ला अध्यक्ष ले आफ्नो कार्यकालको सम्पुर्ण कार्ययोजनाहरु प्रस्तुत गर्नु भएको थियो। उहाले लियोको ईतिहासमा पहिलो पटक सम्पुर्ण जिल्लाको कार्यसम्पादक एबम अन्य बिषय बस्तुलाई (quick response ) बिधिबाट प्रयोगमा ल्याउनु भएको छ । उक्त कार्यक्रम मा डिस्ट्रीक्ट गभर्नर ईलेक्ट लायन परमेश्वर बराल ज्युले ट्रेनिग गराउनु भएको कुरा जिल्ला जनसम्पर्क अधिकृत लियो कुशल लम्साल ज्युले जानाकारि दिनु भएको छ ।