२१ जेठ काठमाडौ । सन्दीप लामिछाने विश्वकप छनोटको अभ्यास खेल खेल्न दक्षिण अफ्रिका जाने तयारीमा छन् । जिल्ला अदालत काठमाडौंले अबको पेशी असार २९ गतेसम्मकालागि सारेपछि उनी भोलि जाने निश्चित भएको हो ।प्रत्येकपटक पेशी तोकिएको २१ दिनभित्र अनिवार्य अदालत उपस्थित हुनुपर्ने प्रावधानका कारण सन्दीपलाई कानुन व्यवसायीले नजान सल्लाह दिएका थिए ।
उनका वकिलहरूले अदालतलाई अर्को पेशी डेढ महिना पछि सार्न दिएकाे निवेदन अदालतले स्वीकृत गरेपछि सन्दीप दक्षिण अफ्रिका जाने पक्का भएकाे हाे ।राष्ट्रिय क्रिकेट टोली गत मङ्गलवार नेपालबाट दक्षिण अफ्रिका गइसकेकाे छ । नेपालकालागि निकै आवश्यक मानिएकाे खेलमा सन्दीप लामिछाने नै नरहँदा खेल जित्न गार्हाे पर्ने अनुमान लगाइएकाे थियाे र प्रशंषकहरूले यस निर्णयविरूद्ध आलोचना गरिरहेका थिए ।