२१ जेठ काठमाडौ । डिजिटल माध्यममा पुस्तक पढ्नु सामान्य भएर पनि ई-बुक अर्थात् ईलेक्ट्रोनिक बुक भन्ने गरिन्छ । त्यस्ता किताबहरू हामीले अनलाइनमा खरिद गरेर पढ्न वा सुन्न पनि सकिन्छ । भौतिक किताब भन्दा सस्तो, पढ्न सजिलो भएकाले पाठकको रोजाई पुस्तकको डिजिटल भर्सन हुनेगर्छ ।
नेपाली किताबहरू खरिद गरेर पढ्न पाइने प्लेटफर्म नै निकै कम हुँदा नि:शुल्कमा पढ्न पाइने प्लेटफर्मको संख्या त झनै कम हुने गरेको छ ।कतिपय साइटहरू त खुलेर पनि बन्द भइसकेका छन् । यसले गर्दा पाठकले आफूले खोजेको नेपाली ई-किताब पढ्न ठ्याक्कै पाउँदैनन् ।ई–पुस्तकालयले निःशुल्क रुपमा नेपाली पुस्तक पढ्ने सुविधा उपलब्ध गराउँदै आएको छ ।
यो एक ब्लगिङ वेबसाइट हो । यद्यपि यसमा केही नेपाली पुस्तकको पीडीएफ उपलब्ध गराइएको छ । तपाईँले यहाँ ती पुस्तक नि: शुल्क रुपमा पढ्न सक्नुहुन्छ ।
इन्टरनेट अर्काइभ : नेपाली पुस्तक
हुन त यो इन्टरनेटमा अर्काइभ राख्ने वेबसाइट हो । यो कुनै पनि किताब पसल भने होइन । तर यसमा अर्काइभ नेपाली किताबहरू भने नि: शुल्क रुपमा पढ्न सकिन्छ ।
यो वि.सं. २०१३ मा नेपाल सरकारले स्थापना गरेको पुस्तकालय हो । पहिले भौतिक रूपमा मात्र पुस्तक पढ्न पाइन्थ्यो । तर अहिले भने पुस्तकालयले वेबसाइट मार्फत पनि पुस्तकहरू उपलब्ध गराएको छ ।