Logo

बिहिवार, श्रावण १४ गते २०८३

बागलुङको विकट बस्ती रायडाँडामा टेलिकमको मोबाइल सेवा

बागलुङको विकट बस्ती रायडाँडामा टेलिकमको मोबाइल सेवा

जोईन खबर

२१, जेठ २०८०
  • 754
    SHARES
  • बागलुङको विकट बस्ती रायडाँडामा टेलिकमको मोबाइल सेवा

    २१ जेठ काठमाडौ । बागलुङ नगरपालिका वडा नं. ११ स्थित रायडाँडामा नेपाल टेलिमको मोबाइल सेवा पुगेको छ । टेलिकमले बीटीएस टावर निर्माण गरी यो क्षेत्रमा सेवा सञ्चालनमा ल्याएको हाे । योसँगै टेलिकमको नेटवर्कमार्फत कुराकानी गर्न डाँडाकाँडा धाउनुपर्ने बाध्यता हटेको छ । सेवा सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले गुणस्तरीय भ्वाइस र डेटा सेवा पाएको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले बताए । टावर सञ्चालनमा आएपछि यहाँका झण्डै ३०० घरधुरीमा मोबाइलको भ्वाइस र डेटा दुवै सेवा सहज भएको उनको भनाइ छ।

    images

    रायडाँडा, भेडिखोर, बालौटे, राम्तोला लगायतका बस्ती टेलिकमको मोवाइल सेवाबाट प्रत्यक्ष लाभान्वित भएका हुन् ।मोबाइलमा इन्टरनेटको लागि तत्काललाई थ्रीजी सेवा उपलब्ध गराइएकाे छ । उक्त टावरमा छिट्टै चौंथो पुस्ताको फोरजी सेवा उपलब्ध गराउने टेलिकमको योजना छ ।बागलुङ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले मोबाइल सेवाले स्थानीयबासीको दैनिकी सहज बनेको बताए ।

    प्रकाशित मिति :जेठ २१, २०८० आइतवार - १७:३३:५४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको