२१ जेठ काठमाडौ । भारतले नेपाललाई दिन लागेको राँगोबाट एक लाख भैँसीमा नश्ल सुधार हुने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीच भएको समझदारीमध्ये भारतले नेपाललाई १५ वटा राँगो दिने विषय सामाजिक सञ्जालमा ट्रोल बनेपछि मन्त्रालयले यसबारे प्रस्ट पारेको हो ।
आइतबार एक सूचना जारी गर्दै मन्त्रालयले नेपालको आग्रहमा उन्नत जातको मुर्रा प्रजातिको राँगो नश्ल सुधारका लागि अनुदानमा भारतबाट पाइने निश्चित भएको प्रस्ट्याएको हो ।
नेपाल सरकारबाट विभिन्न समयमा औपचारिक/अनौपचारिक तवरबाट भारत सरकारसँग ३० वटा उच्च प्रजनन मानका मुर्रा राँगो नेपाल सरकारलाई उपलब्ध गराउन भएको मन्त्रालयले प्रस्ट्याएको छ ।अहिले आएर भारतले दिने भनेको राँगो नेपाल सरकारलाई वस्तुगत सहायता स्वरूप निःशुल्क निःशुल्क उपलब्ध मन्त्रालयले जनाएको छ ।
