Logo

बिहिवार, श्रावण १४ गते २०८३

२७५ जनाकाे ज्यान जाने गरी भएकाे ओडिशा रेल दुर्घटनाकाे कारण पत्ता लाग्याे

२७५ जनाकाे ज्यान जाने गरी भएकाे ओडिशा रेल दुर्घटनाकाे कारण पत्ता लाग्याे

जोईन खबर

२२, जेठ २०८०
  • 700
    SHARES
  • २७५ जनाकाे ज्यान जाने गरी भएकाे ओडिशा रेल दुर्घटनाकाे कारण पत्ता लाग्याे

    २२ जेठ काठमाडौ । शुक्रबार साँझ भएकाे बालासाेर रेल दुर्घटनामा मृत्यु हुनेकाे संख्या २७५  पुगेकाे ओडिशा सरकारले जनाएकाे छ । रेल मन्त्री अश्विनी वैष्णवले इलेक्ट्रोनिक इन्टरलकिङ परिवर्तनका कारण दुर्घटना भएको खुलासा गरेका छन् । रेल मन्त्रीले दुर्घटनाका लागि जिम्मेवार व्यक्तिहरुको पनि पहिचान भइसकेको छ ।  उनले लगातार दोस्रो दिन ओडिशाको बालासोर रेल दुर्घटना स्थलमा चलिरहेको मर्मत कार्यको निरीक्षण गरेका छन्। यस क्रममा उनले रेल दुर्घटनाको कारण पनि बताए ।

    images

    प्रधानमन्त्री नरेन्द्र माेदीले शनिबार दिएको निर्देशनमा काम तीव्र गतिमा भइरहेको बताए । हिजो राति ट्र्याकको काम लगभग सकियो। आज एक ट्र्याक पूर्ण रूपमा मर्मत गर्ने प्रयास हुनेछ। सबै बक्सहरू हटाइएका छन्। 

    हालसम्म २७८को मृत्यु 

    ओडिशाको बालासोरको बहनगा बजारमा शुक्रबार भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २७८ पुगेको छ भने एक हजार १७५ घाइते अस्पतालमा भर्ना भएका छन् । तीमध्ये ७९३ जना डिस्चार्ज भइसकेका छन् । घाइतेमध्ये ७९३ जना निको भइसकेका छन् भने ३८२ जनाको उपचार भइरहेको छ । दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । रेलवेले मृतकका आफन्तलाई १० लाख रुपैयाँ, गम्भीर घाइतेलाई २ लाख रुपैयाँ र अन्य घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

    शनिबार, एक हजार यात्रुहरूलाई हावडा ल्याइएकाे थियाे। यसैगरी, २०० यात्रुहरूलाई बालासोरबाट अर्को रेलबाट हावडा ल्याइएको छ। २५० यात्रुहरू भद्रक देखि चेन्नई एक विशेष रेलमा ल्याइएकाे थियाे। जसमध्ये १३३ यात्रु चेन्नई, ४१ विशाखापट्टनम र बाँकी अन्य सहरमा पुर्याइने भारतीय संचारमाध्यमले जनाएका छन् ।

     २०० एम्बुलेन्स, दुई वायुसेना हेलिकप्टर तैनाथ

    दुर्घटनास्थलमा एक हजार २०० कर्मचारी, २०० एम्बुलेन्स, ५० बस र ४५ वटा मोबाइल हेल्थ युनिटले काम गरिरहेका छन् । IAF ले गम्भीर घाइते यात्रुहरूलाई बाहिर निकाल्न डाक्टरहरूको टोलीसँग दुई  Mi-I हेलिकप्टरहरू तैनाथ गरिएको थियो।

    कसरी भयाे दुर्घटना ?

    बहनगा स्टेसनसम्म पुग्ने दुईवटा रेलबीच ३ घण्टाको अन्तर थियो । तर ती दुवै रेल एकै समयमा त्यहँ पुगे । १२८६४ नम्बरकाे बेंगलुरु - हावडा सुपरफास्ट एक्सप्रेस बेंगलुरुको यशवंतपुर स्टेशनबाट जुन १ मा बिहान 7:30 बजे हिँडेकाे थियाे। उक्त रेल जुन २ मा राति ८ बजे हावडा पुग्नु पर्थ्याे ।

     यो रेल जुन ३मा ४ बजेर ५० मिनेट जाँदा चेन्नई सेन्ट्रल पुगेकाे थियाे भने बेलुकी ६ बजेर ३७ मिनेटमा बालासोर पुग्यो। अर्को स्टेशन भद्रक थियो जहाँ रेल बेलुकी ७ बजेर ४० मिनेटमा पुग्नु पर्ने थियो तर बेलुकी ७ बजेतिर दुवै रेल अचानक बहनगा बजार स्टेशन नजिकै आमनेसामने हुँदा दुर्घटना भएको थियो ।

    प्रकाशित मिति :जेठ २२, २०८० सोमवार - १०:४४:२३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको