Logo

बिहिवार, श्रावण १४ गते २०८३

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले आज (जेठ २२ गते) देखि शेयर निष्काशन तथा बिक्री खुला गर्दै

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले आज (जेठ २२ गते) देखि शेयर निष्काशन तथा बिक्री खुला गर्दै

जोईन खबर

२२, जेठ २०८०
  • 958
    SHARES
  • हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले आज (जेठ २२  गते) देखि  शेयर निष्काशन तथा बिक्री खुला गर्दै

    २२ जेठ काठमाडौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले आज जेठ २२ गते देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.७५ कित्ता शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

    images

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले लक्ष्मी क्यापिटल, हिमालयन दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।

    कम्पनीले हाल ४.५ मेगावाटको माई खोला साना जलविद्युत आयोजना र ८ मेगावाट क्षमताको माई साना क्यासकेड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। माई खोला साना जलविद्युत आयोजनाले २०६७ माघ १ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ भने माई साना क्यास्केड जलविद्युत आयोजनाले २०७४ चैत २६ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ।

     

    प्रकाशित मिति :जेठ २२, २०८० सोमवार - १०:५६:२३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको