Logo

बिहिवार, श्रावण १४ गते २०८३

सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकमलाई गुणस्तर र सेवा वृद्धिमा केन्द्रित हुन आग्रह

सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकमलाई गुणस्तर र सेवा वृद्धिमा केन्द्रित हुन आग्रह

जोईन खबर

२२, जेठ २०८०
  • 688
    SHARES
  • सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकमलाई  गुणस्तर र सेवा वृद्धिमा केन्द्रित हुन   आग्रह

    २२ जेठ काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमलाई सेवा र राजस्व वृद्धिमा ध्यान केन्द्रित गर्न आग्रह गरेकी छन् । मन्त्रालय, नेपाल टेलिकम सञ्चालक समिति र टेलिकमका उच्च अधिकारीहरु सम्मिलित अन्तर्क्रियालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन् ।

    images

    १८ घण्टा लोडसेडिङ हुने देश विद्युत निर्यात गर्ने अवस्थामा कसरी पुग्यो ?,'' मन्त्री शर्माले भनिन् ''तत्कालीन राजनीतिक नेतृत्व र विद्युत प्राधिकरणको नेतृत्वको उचित योजनाका कारण ऊर्जा क्रान्ति सम्भव भयो, हामीले हरेक निकायलाई यसरी नै नयाँ सोचसहित अघि बढाउन आवश्यक छ ।''

    नेपाल टेलिकममा कार्यरत हरेक जनशक्तिले सेवा सुधारमा नै सन्तुष्टि देख्ने वातावरण बनाउन उनले जाेड दिइन् । नेपाल टेलिकम कम्पनी भएकाले आफ्नो आम्दानी बढाउनुपर्ने र सरकारी लगानीको संस्था भएकाले राष्ट्रको सञ्चारको रुपमा योगदान गर्ने दुवै भूमिका रहेको औल्याउँदै मन्त्री शर्माले परम्परागत सोच त्यागेर थोरै लगानीमा धेरै प्रतिफल दिने कार्यक्रम बनाउन आग्रह गरिन् ।

    ग्राहक सेवा केन्द्रको पुनर्संरचना गर्न आग्रह गर्दै उनले ग्राहकसँग मिठो व्यवहार गर्ने र ग्राहकको गुनासो तत्काल सुनेर सम्बाेधन गर्ने कामलाई प्राथमिकता दिन पनि निर्देशन दिइन् ।

    आफूहरु सामान्य दिन कटाउने हिसाबले नभई देशलाई नयाँ अभियानमा अघि बढाउने उद्देश्यका साथ सरकारमा आएकाले सरकारले नियमित प्रगतिको रिपोर्ट कार्ड सार्वजनिक गर्ने तयारी गरिएको उल्लेख गर्दै उनले टेलिकमलगायत आफ्नो मन्त्रालय मातहतका सबै निकायले मन्त्रालयमा नियमित प्रगतिको रिपोर्ट कार्ड देखाउनुपर्ने बताइन् ।

    टेलिकमलाई पूर्ण डिजिटलाइजेसन गर्दै हरेक शाखामा कार्यदलहरू बनाएर निश्चित समय तोकेर सुधारलाई अभियानकै रुपमा अघि बढाउन पनि मन्त्री शर्माले निर्देशन दिइन् ।दुई दिनसम्म चलेको अन्तर्क्रियामा दूरसञ्चार क्षेत्रका विश्वब्यापी प्रवृत्ति र टेलिकममा गर्नुपर्ने सुधारका बारेमा विज्ञ भुपेन्द्र भण्डारी, भिजन २०३० बारे प्रबन्धक वृजेश शर्मा, नीति कार्यक्रम र बजेटबारे प्रबन्धक शोभन अधिकारी, सेवा र मर्मत सुधारबारे प्रबन्धक शालिग्राम पराजुली, बजार र व्यापार विस्तारबारे प्रबन्धक रिना डंगोललगायतले आधारपत्र प्रस्तुत गरेका थिए ।

     

     
     
     
     

    प्रकाशित मिति :जेठ २२, २०८० सोमवार - ११:३३:०० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको