Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपाली राष्ट्रिय क्रिकेटर स्पिनर सन्दीप लामिछाने आज दक्षिण अफ्रिका जाँदै

नेपाली राष्ट्रिय क्रिकेटर स्पिनर सन्दीप लामिछाने आज दक्षिण अफ्रिका जाँदै

जोईन खबर

२२, जेठ २०८०
  • 733
    SHARES
  • नेपाली राष्ट्रिय क्रिकेटर स्पिनर सन्दीप लामिछाने आज  दक्षिण अफ्रिका जाँदै

    २२ जेठ काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज अफ्रिका जाँदैछन् । अदालतमा मुद्दा खेपिरहेका लामिछाने जान पाउने कि नपाउने भन्ने अन्यौलता कायम रहिरहेको बेला उनी आज दक्षिण अफ्रिका जान लागेका हुन् ।

    images

    काठमाडाैं जिल्ला अदालतमा नाबालिग बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर लामिछानेलाई ‘अपबाद’ का रुपमा लामो समय तारिख स्थगित गर्दै उनको दक्षिण अफ्रिका र जिम्बाब्वे यात्रा पक्का भएको हो। 

    लामिछानेका कानुन ब्यबसायिले महत्वपूर्ण अन्तराष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै लामो समयका लागि तारिख तोकिनु पर्ने भन्दै भन्दै निवेदन दिएपछि अदालतले असार २९ काे तारिख दिएको हो ।विश्वकप छनोट खेलेर स्वदेश फर्किएपछि उनले अदालतमा नेपाल फर्किएको जानकारी गराउनेछन् भने २९ असारमा तारिख बुझे पछि त्यसको अर्को साता पेसी तोकेर सुनुवाई सुरु गरिने गरी अदालतले ब्यवस्था मिलाएको छ ।

    प्रकाशित मिति :जेठ २२, २०८० सोमवार - १४:०७:४४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको