Logo

बिहिवार, श्रावण १४ गते २०८३

चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि नेपालले भारतसँग अनुदान माग्याे

चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि नेपालले भारतसँग अनुदान माग्याे

जोईन खबर

२२, जेठ २०८०
  • 763
    SHARES
  • चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि नेपालले भारतसँग अनुदान  माग्याे
    २२ जेठ काठमाडौ । चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि नेपालले भारतसँग अनुदान माग गरेको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणका दौरान चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि भारतसँग अनुदान सहयोग माग भएको बताएका हुन्। प्रधानमन्त्रीले क्रिकेट मैदानको बारेमा बिस्तृत भने खुलाएनन्। चितवनको भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण अहिले अलपत्र छ।
     
    सरकारले बजेट भाषणमा कीर्तिपुर र मुलपानीसहित ६ रंगशालाका लागि बजेट छुट्याएको जनाएको थियो। तर चितवनको क्रिकेट मैदानबारे केही उल्लेख थिएन।२०७८ सालको साउनको २३ गतेदेखि निर्माणको काम भएको छैन।फाउण्डेशनले रंगशालाको स्वामित्व महानगरलाई हस्तान्तरण गरे पनि यसको बाँकी निर्माण कार्य कसरी अघि बढाउने भन्ने निर्क्यौल हुन छैन।रंगशालाका लागि बागमती प्रदेश सरकारले ३० करोड, भरतपुर महानगरपालिकाले १६ करोड ७५ लाख, जिल्ला समन्वय समितिले २ करोड २२ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए।
     
    २०७५ माघ १६ गते महानगरपालिका र फाउन्डेसनबीच भएको सहमतिअनुसार निर्माण सम्पन्न गरेर वा स्रोत जुट्न नसके तत्काल हस्तान्तरण गर्ने उल्लेख भएको छ।फाउन्डेसनले निर्माणको ३५ प्रतिशत काम सम्पन्न भएको महानगरपालिकालाई हस्तान्तरण गर्दा जनाएको थियो।

    प्रकाशित मिति :जेठ २२, २०८० सोमवार - १५:०८:३० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको