२३ जेठ काठमाडौ । कृषि विज्ञका रूपमा परिचित मदन राई आफ्नै फाउन्डेसनमा रहेका बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा राईलाई प्रहरीले पक्राउ गरेको थियो ।
राईमाथि सरकारी वकिल कार्यालयले आइतबार अदालतमा मुद्दा दायर गरेको थियो। खोटाङको दिक्तेलमा रहेकाे शुभद्रा मदन फाउन्डेसनमा बसेर पढ्ने बालिका र किशोरीहरू यौन दुर्व्यवहार गरेको उजुरी गरिएपछि राइलाई वैशाख २९ गते पक्राउ गरिएको थियो ।उनीसँग चार लाख धरौटीमा रिहा भएका हुन् ।जिल्ला अदालत खोटाङका न्यायाधिश सुवासबाबु पुरीको इजलाशले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।