Logo

बिहिवार, श्रावण १४ गते २०८३

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शेयरमूल्य समायोजन

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शेयरमूल्य समायोजन

जोईन खबर

२३, जेठ २०८०
  • 637
    SHARES
  • जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले  शेयरमूल्य समायोजन

    २३जेठ काठमाडौ । नेपाल स्टक एक्सचेञ्जमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (JALPA) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ नेप्सेले शेयरमूल्य समायोजनमा नयाँ मूल्य निर्धारण गरेको हो।

    images

    नेप्सेले यस दिन लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार ४३४ रुपैयाँ ५७ पैसा कायम भएको छ।दोस्रो बजारमा लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ६३९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।यही समायोजित मूल्यका आधारमा यस दिन दास्रो बजारमा लघुवित्तको शेयर कारोबार खुल्नेछ।सोमबार द एसआर होटल, ड्राईभरटोल, रुपन्देहीमा चौथो साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

    चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।  लघुवित्तलाई मर्ज अथाव एक्वायर गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने बताएका छन् ।

    प्रकाशित मिति :जेठ २३, २०८० मंगलवार - १०:५४:४२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको