Logo

बुधवार, श्रावण १३ गते २०८३

कटारी नगरपालिका कटारी अस्पतालबाट नै सर्पदंशको उपचार सेवा सुरुआत

कटारी नगरपालिका कटारी अस्पतालबाट नै सर्पदंशको उपचार सेवा सुरुआत

जोईन खबर

२३, जेठ २०८०
  • 751
    SHARES
  • कटारी नगरपालिका कटारी अस्पतालबाट नै सर्पदंशको उपचार सेवा सुरुआत

    २३जेठ काठमाडौ । उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पतालबाट नै सर्पदंशको उपचार सेवा सुरुआत गर्ने भएको छ । गर्मीको मौसमसँगै सर्पदंशको जोखिम बढेकाले  अस्पतालबाट नै सर्पदंशको उपचार गर्ने तयारी गरिएको हो ।नगर अस्पतालका रुपमा रहेको कटारी अस्पतालमा सर्पदंशको उपचारका लागि सबै तयारी पूरा भएको नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले जानकारी दिए । 

    images

    श्रेष्ठले भेन्टिलेटरसहितको सर्पदंश उपचार कक्षा स्थापना गरिसकेका छौँ । नगरवासीको सर्पको टोकाइबाट ज्यान नजाओस् भनेर अस्पतालबाट नै उपचार सेवा दिन लागेका हौँ ।नगरपालिकाको सहकार्यमा सेवा सुरु गर्ने तयारीमा रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेड डा गौरव साहले बताए ।

    यसअघि कटारी –३ को ताराघारीमा नेपाली सेनाको क्याम्प रहेको र त्यही सर्पदंश उपचार केन्द्र थियो । उक्त क्याम्पताराघारीबाट कटारी–१ कै वेलसोतस्थित आर्मी क्याम्पमा सरेपछि कटारी बजार क्षेत्रका लागि टाढा भएकाले अस्पतालबाट नै उपचार सेवा दिने तयारी गरिएको नगरपालिकाकी उपप्रमुख गीता खड्काले बताए । उनले भने, “यस क्षेत्रमा गर्मी बढेसँगै विषालु सर्पले बर्सेनि मानिसको ज्यान जाने गरेपछि अस्पतालमा उपचार सेवा दिन लागिएको हो । 

    प्रकाशित मिति :जेठ २३, २०८० मंगलवार - ११:५५:१० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको