Logo

बुधवार, श्रावण १३ गते २०८३

गर्मी मौसममा लू’कसरी लाग्छ ?

गर्मी मौसममा लू’कसरी लाग्छ ?

जोईन खबर

२३, जेठ २०८०
  • 886
    SHARES
  • गर्मी मौसममा लू’कसरी लाग्छ ?

    २३जेठ काठमाडौ । चर्किंदो घामसँगै बढेको गर्मीमा तातो हावा चल्न सुरु हुने भएकाले तराईमा ‘लू’ को समस्या बढ्दै गएको छ । सामान्य भाषामा ‘लू’ लाग्नुलाई गर्मी मौसमको रोग भनेर चिनिन्छ ।गर्मी र ‘लू’ बाट बच्न निकै सतर्कता अपनाउनुपर्छ ।

    images
    पूर्व, मध्य र पश्चिम तराईका जिल्लामा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको छ । तातो हावा र ‘लू’ लाग्न थालेपछि तराई मधेशका विद्यालय बन्द गरिएको छ ।गर्मी र ‘लू’ का कारण विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई असर पुर्‍याउने चिकित्सक बताउँछन् ।

    ‘लू’ कसरी लाग्छ ?

    अत्यधिक गर्मीका कारण शरीरबाट धेरै पसिना बग्दछ । जसको कारण शरीरमा नुन र पानीको मात्रामा कमी हुन्छ ।लू’ लाग्नुको प्रमुख कारण शरीरमा नुन र पानीको मात्रा कमी हुनु हो । अत्यधिक टाउको दुख्ने, वान्ता हुने, भोक नलाग्ने, बारम्बार प्यास लागिरहने, शरीरका मांसपेशी तथा हड्डी दुख्ने, नाडीको गति बढ्नु, रगतको गति पनि तीव्र बढ्ने हुन्छ ।

    बिरामीमा छट्पटी र उदासीनताको भाव देखिने, अनुहार रातो हुने, बिरामीको शरीरको तापक्रम १०१ देखि १०४ डिग्री सेल्सियससम्म हुने, हातको हत्केला र खुट्टाको पैताला पोल्ने, श्वासप्रश्वासको प्रक्रिया बढ्दै जाने, कहिलेकाहीं बिरामी अचानक बेहोश भएसँगै केही मानिसको मृत्यु पनि हुन्छ ।

    ‘लू’ लागेमा के गर्ने ?

    जो-कोहीलाई पनि ‘लू’ लागेको थाहा पाउनासाथ तत्काल नै अस्पताल लैजानुपर्छ । तत्काल नै अस्पताल पुर्‍याउन सकिएन भने पनि प्राथमिक उपचार दिनुपर्छ । बेहोश भएको व्यक्तिलाई तत्काल चिसो ठाउँ तथा छहारीमा राख्नुपर्छ ।  रगत पुर्‍याउन मद्दत गर्छ ।

    चिसो पानीमा कपडा भिजाएर बिरामीको निधार, हात, खुट्टामा राख्नुपर्छ, साथ-साथै बिरामीको शरीर कपडाले पुछ्ने गर्नुपर्छ । मौसमी फलफूल जस्तै सुन्तला, अंगुर, खर्बुजा र मौसमको रस बिरामीलाई पिउन दिनुपर्छ । ‘लू’ का बिरामीलाई तरल पदार्थ नै पिउन दिनुपर्छ ।

    के खाने, के नखाने ?

    ‘लू’ बाट बच्नका लागि प्रशस्त मात्रामा चिसो पानी पिउनुपर्छ । त्यसको साथ-साथै बढी झोलपदार्थ भएको खानेकुरा खानुपर्छ । त्यसैगरी, आँप, कागतीको सर्बत, सागपातको सेवन गर्नुपर्छ । बेल, आँप तथा कागतीको सर्बतले शरीरमा पानीको मात्रालाई कायम गरिराख्छ ।गर्मीको समयमा तारेका तथा चिल्लो-पिरो खानेकुरा खानुहुँदैन । प्रायः हल्का खाना खानुपर्छ । यो समयमा रक्सी सेवन गर्नै हुँदैन । रक्सी सेवन गर्ने व्यक्तिमा जलवियोजन भइरहेको हुन्छ । 

    ‘लू’ बाट बच्ने उपाय र ध्यान दिनुपर्ने कुरा !

    घाममा धेरै ननिस्कनु नै उत्तम उपाय हो । बिहान १० देखि ३ बजेसम्म मानिसलाई बढी असर गर्छ । यदि निस्कनै पर्ने छ भने पर्याप्त मात्रामा पानी पिएर निस्किनुपर्छ । छाता ओढेर र शरीरमा पूरै सुतीको कपडा लगाएर मात्र निस्किनुपर्छ ।

     एसीमा रहँदा रक्तनलीहरू संकुचित भइरहेकाले चर्को घाममा अचानक जाँदा शरीरको तापमानमा परिवर्तन हुन्छ । जसले गर्दा रक्तनली फैलिने र ब्लड प्रेसर हृवात्तै बढ्छ । यस्तो अवस्थामा केही समयका लागि कुनै शीतल ठाउँमा बसेर शरीरको तापमानलाई सामान्य बनाउनुपर्छ ।

     

    प्रकाशित मिति :जेठ २३, २०८० मंगलवार - १३:३४:०० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको