२३जेठ काठमाडौ । श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौं अवतरण गरिएको छ । काठमाडौंबाट धनगढी उडिरहेको जहाजमा प्राविधिक समस्याका कारण आकाशमै घुमाएर काठमाडौं फर्काइएको छ।प्रेसराइजेसन फेलियरका कारण आकाशमै ढोका खुलेपछि श्री एयरलाइन्सको २२१ जहाज आकाशमा ३० मिनेट घुमेकाे थियाे । श्री एयरलाइन्सकाे उक्त जहाज त्रिभुवन विमानस्थलबाट विहान ८ बजेर १० मिनेटमा उडेकाे थियाे ।
काठमाडौंबाट उडेको १० मिनेटमै हावाकाे प्रेसर बढि भएपछि ढाेका खुलेकाे थियाे । जहाज बाहिरकाे वातावरण र जहाज भित्रकाे वातावरण नमिल्दा यस्ताे हुने गरेकाे छ । साे विमान काठमाडौंकाे विमानस्थलमा बिहान ८ बजेर ३८ मिनेटमा सफल अवतरण गरिएको थियाे ।