२३जेठ काठमाडौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नबिल बैंकसहित थप ११ कम्पनीलाई धितोपत्र ब्रोकरको अनुमति दिएको छ । सेबोन सञ्चालन समितिको २२ गतेको बैठकले थप ११ कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स वितरण गरेको हो ।
नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीको संख्या १८ पुगेको छ । यसअघि ७ वटा कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स पाएका थिए। नबिल बैंकको सहायक कम्पनी नबिल सेक्युरिसटिज लिमिटेडले धितोपत्र व्यापारसमेतको लाइसेन्स पाएको छ ।
अनुमति पाउनेमा एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्यूरिटिज, शुभकामना सेक्यूरिटिज छन्। मेघा स्टक मार्केट्स लि, हातेमालो फाइनान्सियल सर्भिसेस, मनि वर्ल्ड सेयर एक्सचेन्ज प्रालि, माछापुच्छ्रे सेक्युरिटिज लि, के.वि.एल. सेक्यूरिटिज लि र कलश स्टक मार्केटले सीमित कार्य गर्न अनुमति पाएका छन्।
