२३ जेठ काठमाडौ । फेवातालमा माछा मार्ने जलारी समुदाय संगठित भएर स्थापित सहकारीले सोमबार शहर माछा छाडेको हो । विभिन्न व्यक्तिको सहयोगमा बेगनास मत्सय अनुसन्धान केन्द्रमा रहेको सहरको भुरा माछालाई खरिद गरि तालमा छाडिएको हो ।सहकारीका अध्यक्ष सोम जलारीले रैथाने माछा कम भएको अवस्थामा शहर माछा छाडिनुले जलारी समुदायका लागि सहयोग पुगेको बताए ।
फेवातालमा उत्पादन हुने माछाको संख्या वर्षेनी घट्दो अवस्थामा छ । कास्कीमा वार्षिक ५ सय टन माछा उत्पादन हुने गरेको छ तर माछाको माग भने दोब्बर छ ।फेवातालमा शहर, कत्ले, रेवा, फगटे, बामलगायत १० थरी रैथाने माछा पाइन्छ । तर पछिल्लो क्रममा तिलापिया, सिसा, बिगहेड, अफ्रिकन मांगुर लगायतका विदेशी माछाको संख्या बढी छ भने रैथाने माछा लोप हुने अवस्थामा छ ।
