Logo

बिहिवार, श्रावण १४ गते २०८३

मार्क्यु नेपालकै पहिलो अन्तर्राष्ट्रिय बाइक राइड

मार्क्यु नेपालकै पहिलो अन्तर्राष्ट्रिय बाइक राइड

जोईन खबर

२३, जेठ २०८०
  • 619
    SHARES
  • मार्क्यु नेपालकै पहिलो अन्तर्राष्ट्रिय बाइक राइड

    २३जेठ काठमाडौ । बाइकिङबाट सामाजिक कार्यमा सहयोग पुर्‍याउने र युवाहरुलाई एक अर्कासँग जोड्ने एक प्रभावकारी समूहका रुपमा टीभीएसले अपाचे अनर्स ग्रुप (एओजी) लाई अघि बढाइरहेको छ ।सामुहिक प्रयास भए के सफल हुँदैन र भन्ने भावनालाई युवाहरुको मनमा स्थापित गर्न सुरु भएको एओजी, बाइकिङ कल्चर प्रवर्द्धनकै निम्ति नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले गठन गरेको एक ग्रुप हो । 

    images

    राइडमा सहभागी हुने राइडरहरु बाइकिङ संस्कृतिलाई अघि बढाउनका निम्ति भ्लग र अन्य माध्यमबाट सक्रिय युवाहरु थिए भने राइडका लागि टीभीएस अपाचे सिरिजका १६०, २०० र ३१० सीसीका मोटरसाइकलको प्रयोग गरिएको थियो ।

    फागुन ११ गते २०७९ बाट सुरु भएको उक्त अपाचे ओनर्स ग्रुप (एओजी) को माकर््यु राइडमा नेपाल लगायत, भारत र बंगलादेशका थुप्रै राइडरहरु सहभागिता जनाएका थिए । फागुन ११ गते काठमाडौंबाट रक्सौल हुँदै भारत प्रवेश गरेर सुरु भएको २२ दिने लामो त्यस यात्राका राइडरले भारतको प्रख्यात मोटो सोल नामक कार्यक्रममा सहभागिता जनाउने र भारतमै रहेको टिभिएसको फ्याक्ट्रीको पनि भ्रमण गर्ने पनि मौका पाए ।

     

    प्रकाशित मिति :जेठ २३, २०८० मंगलवार - १७:३२:१४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको