Logo

बिहिवार, श्रावण १४ गते २०८३

सरकारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने तयारी

सरकारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने तयारी

जोईन खबर

२३, जेठ २०८०
  • 739
    SHARES
  • सरकारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने तयारी

    २३ जेठ काठमाडौ । सरकारले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक कार्यदल नै बनाएर यसमा लागि छलफल अघि बढएको हो । श्रम मन्त्रालयका सचिव सचिव एकनारायण अर्याल न्यूनतम ज्याला वृद्धिका लागि मन्त्रालयभित्र आन्तरिक तयारी अघि बढेको बताए ।

    images

    नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्य अहिलेसम्म २ पटक न्यूनतम् पारिश्रमिक वृद्धिबारे छलफल भएको बताउँछन् । २ वर्षदेखि श्रमिककको न्यूनतम् पारिश्रमिक वृद्धि नहुँदा श्रमिकहरु महँगीको मारमा छन् । २०७९ चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत पुगेको छ । २०७९ असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ ।

    पछिल्लो पटक २०७८ साउन १ गतेदेखि लागू हुने गरी सरकारले पारिश्रमिक वृद्धि गरेको थियो । योपछि श्रमिकको मासिक पारिश्रमिक १५ हजार कायम छ । त्यसअघि श्रमिकको न्यूनतम् पारश्रमिक १३ हजार ४५० रुपैयाँ रहेको थियो । 

    अहिले नेपालमा श्रमिकले दैनिक ५७७ रुपैयाँ र प्रतिघण्टा ७७ रुपैयाँ आम्दानी गर्न सक्ने गरी न्यूनतम् पारिश्रमिक तोकिएको छ। तोकिएको पारिश्रमिकको अतिरिक्त श्रम ऐनअनुसार पाउने सञ्चयकोष उपदानसहितका सुविधा समेत उद्योग–प्रतिष्ठानले प्रदान गर्नुपर्ने व्यवस्था छ ।

    ट्रेड युनियन कांग्रेसका अध्यक्ष आचार्य महँगीका कारण श्रमिकको न्यूनतम् पारिश्रमिक वृद्धि अनिवार्य भइसकेको बताउँछन् ।उद्योगधन्दाको हालत के छ सबैलाई थाहा छ, यस्तो अवस्थामा श्रमिकको न्यूनतम् पारिश्रमिक बढाउँदा उत्पादनको लागत बढेर उल्टै उपभोक्तामाथि आर्थिक भार पर्छ । नेपालको प्रतिस्पर्धी लाभमा सस्तो श्रमशक्ति पर्न छाडेको भन्दै उनले अझै पारिश्रमिक बढाएर लगानीको वातावरण बिगार्न नहुने बताए ।

    प्रकाशित मिति :जेठ २३, २०८० मंगलवार - १७:४१:१९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको