Logo

बिहिवार, श्रावण १४ गते २०८३

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाविरुद्धको आजदेखि प्रतिवादीकातर्फबाट बहस हुने

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाविरुद्धको आजदेखि प्रतिवादीकातर्फबाट बहस हुने

जोईन खबर

२४, जेठ २०८०
  • 754
    SHARES
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाविरुद्धको आजदेखि प्रतिवादीकातर्फबाट बहस हुने

    २४ जेठ काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाविरुद्धको मुद्दामा जाहेरीवाला र सरकारी वकिलकाे बहस सकिएको छ । हिजो बहस सकिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणी न्याैपानेले  जानकारी दिनुभयो । सरकारी वकिलका  महेश खत्री, जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, प्रकाश घिमिरेलगायतले बहस गर्नुभयो ।

    images

    बहस गर्ने क्रममा अधिवक्ताहरुले प्रतिवादीलाई थुनामै राखेर मुद्दा प्रक्रिया अघि बढाउन अदालतसमक्ष जिकिर गरेका छन् । जाहेरीवाला र सरकारी वकिलको बहस सकिएकाले अब प्रतिवादीकातर्फबाट बहस हुनेछ ।

    काठमाण्डाै जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको छ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता भएको छ  १८ पक्राउ परेका छन् । १२ जना फरार छन् ।थुनछेक बहस सकिएपछि न्यायाधीश न्यौपानेको इजलासले धरौटी तथा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश गर्नेछ ।

     

    प्रकाशित मिति :जेठ २४, २०८० बुधवार - ११:५२:५० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको