Logo

बिहिवार, श्रावण १४ गते २०८३

गोरखा नगरपालिका–१० मा शिक्षक किचलोका कारण तारा माविको पठनपाठन प्रभावित

गोरखा नगरपालिका–१० मा शिक्षक किचलोका कारण तारा माविको पठनपाठन प्रभावित

जोईन खबर

२४, जेठ २०८०
  • 676
    SHARES
  • गोरखा नगरपालिका–१० मा शिक्षक किचलोका कारण तारा माविको पठनपाठन प्रभावित

    २४ जेठ काठमाडौ । गोरखा नगरपालिका–१० छेवेटारस्थितमा  शिक्षकको  कारण तारा माविको पठनपाठन केही दिनदेखि प्रभावित बन्दै आएको छ । गलत आचरणको कारण देखाउँदै दुई शिक्षकलाई अन्यत्र सरुवा गर्न विद्यालयले माग गरेपछि उत्पन्न विवादले पठनपाठन प्रभावित बनेको हो ।

    images

    शिवराज सर प्राय रक्सी खाएर स्कुल आउने, बिनोद सर नियमित रुपमा पढाउन नआउने समस्या देखियो,’ विद्यालयका प्रधानाध्यापक बाबुराम बिकले भने, ‘पटक–पटक सम्झाउँदा पनि अटेरी गरेपछि जेठ ३ गते विद्यालय व्यवस्थापन समिति, गुणस्तर लेखाजोखा समिति, स्थानीय जनप्रतिनिधि र बुद्धिजिवीहरुको संयुक्त बैठक बसेर उहाँहरुलाई अन्यत्र सरुवा गरिदिन नगर शिक्षा शाखालाई अनुरोध गर्ने निर्णय गरेका हौँ ।’ सिफारिस गरदिन माग गर्दै वडा कार्यालयमा पनि निवेदन दिएको उनले बताए । ती दुई शिक्षकलाई अन्यत्र सरुवा गरिदिन आग्रह गर्दै वडा कार्यालयले पनि नगर शिक्षा शाखालाई सिफारिस समेत गरेको छ ।

    बिनोद पाण्डे २०६१ सालदेखि सो विद्यालयमा अध्ययापन गराउँदै आएका छन् । विज्ञान बिषयको मावि दरवन्दी नहुँदा उनले मावि तहमासमेत पढाउँदै आएका थिए । २०६७ सालमा विज्ञानको मावि दरवन्दी आएपछि उनको अध्ययापन आठ कक्षासम्म मात्र सिमित भयो । सोही बिषयमा असन्तुष्टी जनाउँदै पाण्डेले अध्यापनमा लापरवाही गर्न थालेको प्रधानाध्यपाक बिक बताउँछन् ।

    कक्षामा बिद्यार्थीलाई स्वअध्ययन गर्न भन्दै लत्तो छाडेको आरोप उनीमाथि छ । विद्यालयमा नियमित समेत नभएपछि सरुवाका लागि नगर शिक्षा शाखामा पत्राचार गरिएको प्रधानाध्यापक बिकले बताए । विज्ञान बिषय मात्र दिनु भन्दा पनि कक्षा ५ मा स्वास्थ्य बिषय राखिदिनुभयो’, उनले भने, ‘मैले नतिजा राम्रो दिन सक्दिन भने, त्यही आधारमा मेरो सरुवा माग गर्नुभयो ।’ सरुवा गर्न माग गर्दै निर्णय गरेको दिनदेखि आफू विद्यालय नगएको उनले स्वीकार गरेका छन् ।

    शिवराज पन्त मापसे गरेर विद्यालय आउने भएकाले सरुवाका लागि माग गरिएको विद्यालयले जनाएको छ । ‘उहाँ झन् पुरानो शिक्षक तर दिउँसै रक्सी खाएर स्कुल आउने, अब यसो गर्नुभयो भने कारवाही गर्छु भन्यो भने मेरो जागिर खाने भन्दै उल्टो थर्काउने गर्नुहुन्थ्यो । 

    नगर शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्का भने सरुवा गर्न समस्या नभएपनि अर्काे शिक्षक व्यवस्थापनमा समस्या हुने बताउँछन् । ‘शिक्षक दिन नगरपालिकालाई समस्या छ, बिषय मिल्दोजुल्दो हुनुपयो, जथाभावी सरुवा गरेर पनि भएन,’ उनले भने, ‘दुवै पक्षलाई बोलाएर छलफल गराएका छौँ, एक आपसमा मिल्नुस् भनेर पठाएका छौँ ।’ उहाँहरुको आचरण सुधार नभए काजमा अन्यत्र सरुवा गरिने उनले जानकारी दिए ।

    प्रकाशित मिति :जेठ २४, २०८० बुधवार - १६:२४:३५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको