२४ जेठ काठमाडौ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न ४ सौरपानी नन्दकुमारी देवकोटा गाउँमा स्थानियाहरू असंरक्षित हुने डरले गाँउको जन्मभूमि छाडेर काठमाडौँ बसाई सरेका छन् । यही फागुन महिनामाको गय राती नौ बजे घरमा सुति रहेएको अवस्थामा चोरहरू आएर आक्रमणमा परेका बासिन्दा गाउ छाडि काठमाडौँमा डेरा खोजेर बसाँई सरेका स्थानीय टोलका दिनेश खनखवासले बताएका छन् ।
सौरपानीमा चोरहरुको डरले बस्न गारो भए पछि फुल्चोकवेशीकी फूलमाया पनेरू गाउ छोडेर ढोडेनी सरेर बस्न थालेकी छन् । केही दिन अगाडी चोरहरूको आक्रमणमा परी पनेरुले आफ्नो कान रिङ गुमाउनु परेको थियो । पनेरुलाई दिउँसो बाटोमा हिडिरहेको बेला चोरहरूले आक्रमण गरी कानबाट, रिङ थुतेर भागेका दिनेश खनवासले जानकारी दिनुभयो । यही मिति २०८० २ ४ गते चारहरु संग हानाहान परि जोगिएका धनबहादुर ढकाल र सुशीला ढकालकोका परिवार पनि गाउ छोडने तयारी गर्दै छन् ।
ढकालका परिवार पनि चितवानमा डेरा खोजिसकेका छन् । भने घरमा भएका पशु लगायता सामान बेचविखन गरि यही हप्ताभित्र बसाइ सरेर जाने भएका छन् ।सौरपानी ४ का स्थानीय बासिन्दा लक्ष्मण न्यौपाने भन्छन गाउमा यस्तो घटना एकबर्षदेखि बढदै आएको र राती ढुक्का सँग सुत्न ्र समेत नपाएको भन्ने जानकारी दिनुभयो ।
बारपाक सुलिकोट गाँउपालिका वडा न ४सौरपानीमा चोरी डकैतीको काम हुन सुरु गरेको चारा पाँच महिना हुन्दा पनि प्रहरी प्रशासनलाई पनि खबर गरियो कुनै पनि समस्या समधान हुदैन । दिनदिनै गाउमा बस्न असुरक्षीत भए पछि गाउका बासिन्दाहरु बसाँइ सरेर जान थाले र सुरक्षाको माग गर्दा पनि कुनै ठाउँ बाट वास्ता हुदैन। चोरी डकैतीको गतिविधि बढेको बढै छ ।पछिल्लो समयमा जेठ सात गते जामुने टोलका चन्द्र प्रसाद देवकोटाको घरमा बक्ती अफ गरि घर भित्र पस्न खोज्दा घर परिवारलेलखेटेका थिए । त्यही रात फेरि पोरवी गाउँका नन्दप्रसाद ढकालको घरमा लुटपाटको प्रयास गरेका स्थानीय खनखवासले जानकारी दिए ।
यसका साथै गत २१गते पनि पोखरी गाउँमा दिउँसो स्थानीय ठाकुर प्रसार ढकालको घर फुटाएर तामाका भाडाहरू चोरेर लगेका उनले बताए। तेही टोलका स्थानीय बासिन्दा यम बहादुर अधिकारीका आमाको हातको सुनको बालार कानको रिङ पनि लुटेराहरूले लगेका कुरा खनखवासले बताए ।
त्यस गाउँमा नचिनेको मान्छे आउदा पनि चोर आयो कि भन्ने डरले गाउहरु त्रासीत भएका हुन्छन् । अहीले सौरपानीका स्थानीयहरूको गाँउ अशान्ति भयो। बारपाक सुलिकोटा गाउँपालिका वढा न ४ सौरपानीमा चोरी डकैतीको गतिविधि बढेको गुनासो आएको जिल्ला प्रहरी उपरीक्षक अनुपम श्रेष्ठको भनाई छ । प्रहरी उपरीक्षक श्रेष्ठले अब हामी केही दिन देखि तेही क्षेत्रमा सुरक्षाकर्मीको विशेष टोली खटाएर अनुसन्धान गरिरहने छौ, यसको विषयमा प्रहरीहरुलाई सादा पोशाकमा पनि सुरक्षा टोली खटाएर पनि हामी अनुसान्धान गर्ने जिल्ला प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो