Logo

बिहिवार, श्रावण १४ गते २०८३

टेकनाथ रिजालले शीर्ष नेताहरुलाई शरणार्थीको नाममा पैसा उठाउँदैछन् भन्दा वास्ता गरेनन्

टेकनाथ रिजालले शीर्ष नेताहरुलाई शरणार्थीको नाममा पैसा उठाउँदैछन् भन्दा वास्ता गरेनन्

जोईन खबर

२४, जेठ २०८०
  • 766
    SHARES
  • टेकनाथ रिजालले शीर्ष नेताहरुलाई शरणार्थीको नाममा पैसा उठाउँदैछन् भन्दा वास्ता गरेनन्

    २४ जेठ काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी अधिकारवादी नेता टेकनाथ रिजालले आफूले यो प्रकरण बाहिर आउनुभन्दा पहिल्यै उच्च सरकारी तहमा भएको बदमासीबारे जानकारी गराएको बताएका छन् ।

    images

    नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुलाई भेटेर भुटानी शरणार्थीका नाममा रकम उठाउने काम भएको भनेर जानकारी गराउँदा कसैले गम्भीरतापूर्वक नलिएको उनले बताए ।

    नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा रिजालविरुद्ध पनि किटानी जाहेरी परेपछि प्रहरीले उनलाई ४ जेठमा झापाबाट काठमाडौं बोलाएको थियो ।

    व्यक्तिहरुले आफ्नो नाम लिएर ‘यिनले के सहयोग गर्छन्’ भन्दै शिविरमा ५ लाख रुपैयाँको दरले उठाउन खोजेको भन्ने सूचना पाएलगत्तै आफूले सरकारी तहमा जानकारी गराएको रिजालले बताए ।अदालतमा सबैभन्दा बलियो बयान मैले नै दिएको छु, मैले कसैबाट यसमा फाइदा लिएको छैन’, उनले दाबी गरे, ‘भुटानी आएका नागरिक भनेकाले मैले ९/१० वटा कागजमा हस्ताक्षर गरेको थिएँ, मैले जे हो, सत्य कुरा बोलेको छु ।

    प्रकाशित मिति :जेठ २४, २०८० बुधवार - १७:५८:४४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको