Logo

बिहिवार, श्रावण १४ गते २०८३

काठमाण्डौ उपत्यका लगायत देशका आगामी पाँच दिन तातो हावा लाग्ने सम्भावन

काठमाण्डौ उपत्यका लगायत देशका आगामी पाँच दिन तातो हावा लाग्ने सम्भावन

जोईन खबर

२५, जेठ २०८०
  • 589
    SHARES
  • काठमाण्डौ उपत्यका लगायत देशका आगामी पाँच दिन तातो हावा लाग्ने सम्भावन

    २५ जेठ काठमाडौ । काठमाण्डौ उपत्यका लगायत देशका अन्य भू भागहरूमा तापक्रममा बढिरहेको छ ।देशको तराई भूभागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाले तातो हावा तथा लूको सम्भावना बढ्ने चेतावनी दिएको छ ।धिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा अझै बढ्ने देखिन्छ ।

    images

    हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषण अनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने पनि महाशाखाले जनाएको छ ।देशका तराई भूभागहरूमा आगामी पाँच दिन सम्म तातो हावा तथा लू हिट वेभको सम्भावना यथावत् रहने देखिएकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    विगत केही दिन देखि देशका अधिकांश भू(भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेकोले बढी गर्मीको समयमा सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । तातो हावा तथा लूबाट हुने सम्भावित असरहरूमा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेश हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने , घाममा बढी एक्सपोज नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित ९पटक(पटक० पानी तथा झोल पदार्थ ९जूस, सर्बत, आदि० प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत महाशाखाले अनुरोध गरेको छ ।
     

    प्रकाशित मिति :जेठ २५, २०८० बिहिवार - ११:३०:४६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको