२५ जेठ काठमाडौ । विद्युतीय चुरोटको प्रयोग युवापुस्तामा बढ्दै गएको छ । स्वास्थ्यलाई ख्याल नै नगरी प्रयोग गर्न थालेका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७९र८० को १० महिनामा तीन अर्ब १७ करोड १९ लाख ९७ हजार थान विद्युतीय चुरोट आयात भएको छ ।
विभागको तथ्याङ्क अनुसार १८ करोड बढीको विद्युतीय चुरोट आयात भएको छ । गत आर्थिक वर्ष २०७८र७९ को सोही समयमा ३३ करोड ८८ लाख २४ हजार थान विद्युतीय चुरोट आयात भएको थियो । सो मात्रामा चुरोट आयात गर्दा एक करोड ७७ लाख ७८ हजार रुपियाँ बाहिर गएको थियो ।
चालू आर्थिक वर्षको १० महिनामा विद्युतीय चुरोटमार्फत ११ करोड ६८ लाख ४८ हजार राजश्व सङ्कलन भएको छ । चीनबाट मात्रै तीन अर्ब १२ करोड ६१ लाख २५ हजार थान अमेरिकाबाट दुई करोड ६५ लाख ६४ हजार थान, युएई बाट एक करोड नौ लाख ६७ हजार थान, मलेसियाबाट ५६ लाख २३ हजार थान, बेलायतबाट ११ लाख थान, कोरियाबाट आठ लाख, भारतबाट चार लाख ६६ हजार, हङ्कङबाट तीन लाख ५० हजार विद्युतीय चुरोट आयात भएको छ ।
यो निकोटिन तथा अन्य रासायनिक पदार्थ मिसाइएको हुन्छ । जसले गर्दा यो प्रयोग गर्नेलाई चुरोट सेवन गरेजस्तो लाग्दछ ।जसमा विभिन्न स्वाद मिसाइएको हुन्छ ।स्वास्थ्यविद् डा बाबुराम मरासिनीका अनुसार निकोटिन, प्रोपाइलिन ग्लाइकोल र फ्लेभरले गर्दा लगातार विद्युतीय चुरोट प्रयोग गर्दा खोकी लाग्ने र घाँटीमा खसखस हुने, घाँटी दुख्नेजस्ता समस्या निम्त्याउन सक्छ ।यो मानवीय स्वास्थ्यका लागि निकै हानिकारक पनि रहेको उहाँको भनाइ छ ।