२५ जेठ काठमाडौ । सरकारले गोरखाको बारपाक सुलिकोट क्षेत्रमा दिन दिनै घटीरहेको चोरी डकैतिको घटना शृंखलाबद्द रुपले सामाजिक संजालमा भाईरल बन्दै गएपछि आज जिल्ला प्रशासनको बिशेष सुरक्षा टोली दलबल सहित सौरपानी आईपुगेको थियाे ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषाल सहित आकस्मिक रुपले सौरपानी वडा कार्यालयमा आईपुगेको थियाे ।
उक्त बिशेष सुरक्षा टोलीमा जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी बरिष्ट उपरीक्षक एस पी अनुप श्रेष्ठ लगायत प्रहरी नायब उपरीक्षक डिपुटी एस पी सुजित बिष्ट तथा प्रहरी निरीक्षक ईन्सपेक्टर बिक्रम कुँवर समेतको स्पेशल टास्क फोर्स उपस्थित थियो। जनताको अति आबश्यक शान्ति सुरक्षाको लागि आएको यो बिशेष टोलीले गाउँपालिकाको जनप्रतिनिधिहरुसँग परामर्श गर्दै सुरक्षा बैठक बसेको थियो। यस कार्यक्रममा स्थानीय जनता, शिक्षक तथा बुद्दिजिबीहरुको पनि ब्यापक सहभागिता थियो।

विभिन्न जन प्रतिनिधिको सहित आएको टोलीसँग पिडित गाउँले दिनदिनै बढ्दो चोरी डकैतीबाट कसरी आफ्नो जनधनको सुरक्षा गर्न सकिन्छ भन्ने चासो राखेका थिए। जनताको चासोलाई गम्भीर रुपले लिँदै बैठकमा प्रतिनिधिहरुले सौरपानीमा प्रहरी संख्या बढाएर १२ जना पुर्याउने निर्णय गरेको छ भने अब देखि पूरै बारपाक सुलिकोट क्षेत्रभर नै नियमित रुपले सादा प्रहरीको गस्ती खटाउने निर्णय समेत गरेको छ। जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुको उपस्थितिमा केन्द्रीय स्तर बाटै भएको यस निर्णयलाई ऐतिहासिक निर्णय भन्दै स्थानीय बुद्दिजिबीहरुले स्वागत गरेका थिए।

ब्यापक जनसहभागिता रहेको यस बैठकमा बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख बिष्णु भट्ट, पालिकाको प्रमुख प्रशासकीय अधिकृत तुलसी राम आचार्य लगायत बारपाक सुलिकोट ४ सौरपानीका वडा अध्यक्ष भिम गुरुङ्ग तथा महिला सदस्य जानुका देबी पनेरुले गाउँको खस्कँदो शान्ति सुरक्षाको समस्या राखेका थिए । भने बैठकको सभापतित्व बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख बिष्णु भट्टले गरेका थिए। साथै बारपाक सुलिकाेट गाउँपालिका वडा न ४ साैरपानीमा भएकाे घटनालाई जति सकदाे छिटाे अनुसधान गरि अब तेस्ताे घटना हुन नदिन र समस्या समाधान गर्ने प्रतिबद्ध सहित छलफलमा निर्णय गरिएको बताएका छन् ।
