२५ जेठ काठमाडौ । राहदानीमा विभाग चार महिनापछि पासपोर्टको मौज्दात सकिँदै छ । जम्मा पाँच लाख राहदानी बाँकी छ । पासपोर्टको टेन्डर प्रक्रिया सम्पन्न गर्न करिब १५ महिना समय लाग्ने भए पनि सरकारले यसको प्रक्रिया अहिलेसम्म थालेको छैन ।विभागले चैतमा एक लाख ४० हजार र वैशाखमा एक लाख २७ हजार थान राहदानी वितरण गरेको छ ।
विभागले चार महिनापछि राहदानी वितरण गर्न सक्ने अवस्था छैन,’ परराष्ट्रका एक उच्च अधिकारीले भने, ‘सरकारले अहिले छपाइ गरिरहेको कम्पनीलाई नै थप पासपोर्ट छाप्न दिने वा विदेशी सरकारसँग जिटुजी सम्झौता गरेर पासपोर्ट ल्याउनेबाहेक अरू विकल्प छैन । विभागसँग ६६ पृष्ठ भएको करिब चार लाख र ३२ पृष्ठ भएको एक लाख गरी पाँच लाख राहदानी मात्रै मौज्जात छ ।
२३ लाख थान पासपोर्टको छपाइ भएको छ । जम्मा २० लाख छपाइ गर्ने ठेक्का पाएको आइडिमिया कम्पनीलाई सरकारले पछि थप तीन लाख छपाइको जिम्मा दिएको थियो । अहिलेसम्म १८ लाख ई–पासपोर्ट वितरण भइसकेको विभागले जनाएको छ ।फ्रान्सेली कम्पनी ओभरथरको नाम पछि आइडिमियामा परिवर्तन भएको थियो । राहदानीको अभाव हुनेसँगै आइडिमियाले थप २० लाख कपी छपाइका लागि लबिङ थालेको छ । राहदानी विभागकी प्रवक्ता दुरपदा सापकोटाले भने राहदानी नसकिँदै वैकल्पिक प्रबन्धका लागि तयारी भइरहेको बताइन् ।