Logo

बिहिवार, श्रावण १४ गते २०८३

गण्डकी प्रदेश सरकारले आगामी वर्षको लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रम संसदबाट पारित

गण्डकी प्रदेश सरकारले आगामी वर्षको लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रम संसदबाट पारित

जोईन खबर

२६, जेठ २०८०
  • 727
    SHARES
  • गण्डकी प्रदेश सरकारले आगामी वर्षको लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रम  संसदबाट पारित

    २६ जेठ काठमाडौ । गण्डकी प्रदेश सरकारले आगामी वर्षको लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रम ३ दिन छलफलपछि संसदबाट पारित भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संसदमा पेश गरेको नीति तथा कार्यक्रममाथि ३ दिनसम्म छलफल गरी बिहीबार संसदबाट पारित भएको हो ।

    images

    तनहुँ, नवलपुर, लुमजुङ र म्षग्दी र मुस्ताङका विभिन्न ठाउँमा सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने, गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्नेदेखि स्थानीय मदिराको ब्रान्डिङ गर्नेसम्मका महत्वकांक्षी र लोकप्रिय कार्यक्रम कार्यान्वयनमै अधिकांश सांसदले शंका गर्नुभयो ।गण्डकीको नीति तथा कार्यक्रमले सुरुङ मार्गको कुरा गर्नु हावादारी भएको बागलुङका एमाले सांसद कृष्ण पाठकले बताउनुभयो ।एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले सरकारले नीति तथा कार्यक्रम ल्याए पनि कार्यान्वयन गर्ने बेलासम्म आफूहरु पनि सरकारमा पुग्न सक्ने दाबी गरे ।

    माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले सन्तुलित विकासको खाका कोर्न नीति तथा कार्यक्रम गम्भीर रहेको बताए । प्रदेशसभा सदस्यहरुले होमस्टे, जलवायुमैत्री प्रविधिमैत्री कार्यक्रम लगायत अनुदानका कार्यक्रमहरु कार्यकर्ता मुखी भएको टिप्पणी गरे । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विगतमा जसरी होमस्टेको रकम दुरुपयोग हुन नदिने बताउनुभयो । फेवाताल अतिक्रमणका सन्दर्भमा प्रदेश सरकार गम्भीर रहेको र ताल प्राधिकरणलाई बलियो बनाउन पहल गर्ने उनको भनाइ छ ।देशैभरि बाँदरको समस्या रहेकाले अरु सबै खोज अनुसन्धान छोडेर भए पनि बाँदर नियन्त्रण गर्नेतिर लाग्न आग्रह गरेको मुख्यमन्त्री पाण्डेलेबताउनुभयो । बाँदरले सताउने ठाउँमा घाँस खेती लगाउने, त्यो गाइभैंसीलाई खुवाउने र कम्तीमा दुग्धजन्य पदार्थमा गण्डकीलाई आत्मनिर्भर बनाउनेतिर कार्यक्रमले ध्यान दिएको मुख्यमन्त्री पाण्डेको भनाइ छ ।अन्नपूर्ण संरक्षण आयोजना, मनासलु संरक्षण क्षेत्र आयोजनालाई प्रदेश मातहत नै ल्याउने तर ढोरपाटन क्षेत्र शिकार आरक्ष संघ अन्तर्गत नै पर्ने मुख्यमन्त्री पाण्डेले बताए ।

    नेकपा एमाले सांसद लक्ष्मणबहादुर पाण्डेले नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई छोएको तर प्राथमिकता नतोकिएको टिप्पणी गरे । माओवादी सांसद दमयन्ती रुचालले छोरीलाई वंश र अंशमा दिएको अधिकार कार्यान्वयनमा नीति तथा कार्यक्रमले प्रस्ट बोल्नुपर्ने बताइन् । दलित समुदायले संविधानमा प्राप्त हक, छुवाछुतविरुद्धको हकबारे पनि कार्यक्रमले प्रस्ट बोल्नुपर्ने उनको भनाइ थियो । 

    प्रकाशित मिति :जेठ २६, २०८० शुक्रवार - १५:२३:०३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको