Logo

बिहिवार, श्रावण १४ गते २०८३

बारपाक सुलिकोट गाउँपालिकाले महिलाहरुलाई आत्मानिर्भर बनाउन व्यवसायिक तालिम प्रदान

बारपाक सुलिकोट गाउँपालिकाले महिलाहरुलाई आत्मानिर्भर बनाउन व्यवसायिक तालिम प्रदान

मदन नगरकोटी

२६, जेठ २०८०
  • 2.0K
    SHARES
  • बारपाक सुलिकोट गाउँपालिकाले महिलाहरुलाई आत्मानिर्भर बनाउन व्यवसायिक तालिम प्रदान

    २६ जेठ काठमाडौ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले महिलाहरुलाई आत्मानिर्भर बनाउन व्यवसायिक तालिम दिएकाे हाे  । यसै पालिकामा रहेएकाे  स्थानीय स्रोत र साधनको उपयोग गरी समय र महिलाहरुलाई उद्यमी बनाउदै आर्थिक आयआर्जनमा आत्मानिर्भर बनाउन मुढा बुन्ने तालिम प्रदान गरिएको बारपाक सुलिकाेट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

    images

    बारपाक सुलिकाेट गाउँपालिकाको  प्राविधिक सिप विकास तालिम मार्फत महिलाहरुका लागि एक महिने मुढा बुन्ने तालिम दिइएको  अध्यक्ष भट्टले बताउनु भयाे  ।बारपाक सुलिकाेट  गाउँपालिकाको वडा न ४ साैरपानीमा  स्थित देवी महिला लद्यु उद्यमी समुहमा आबद्ध ११ जना महिलाहरुले तालिम लिएर व्यवसायिक उद्यम सुरु गरेकोे अध्यक्ष भट्टको भनाई छ ।

    सवै महिलाहरुले अहिले व्यवसायिक रुपमा मुढा बुन्ने पेशा समेत सुरु गरिसकेका छन् ।  तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्नसके राम्रो आम्दानीसंगै राम्रो लाभ लिन सक्छन् ।गाउँपालिकाले समुहले पहिलो चरणमा उत्पादन गरेको  मुढा खरिद समेत गरिदिएको छ। एघार जनाको समुहलाई प्रतिव्यक्ति १० हजाररुपैया पर्ने गरि सोही बराबरको मुढा खरिद दिएको गाउँपालिका  अध्यक्ष भट्टले बताउनुल भयाे ।

    तालिमबाट आफुहरुलाई दैनिक आयआर्जनका लागि बाटो खुलेको समेत समुहकी अध्यक्ष सुनिता गुरुङले बताउनुभयो । स्थानीय स्रोत र साधनको प्रयोग गरेर घरमै बसीबसी आम्दानी गर्न सक्ने अबस्था मुढा बुन्ने तालिमले प्रदान गरेको छ, अध्यक्ष गुरुङले भन्नुभयो। गाउँपालिकाले ‘महिलाहरुलाई उद्यममा जोड्दै दैनिक आयआर्जन गर्नसक्ने बनाउन सके पालिकास्तरमा स्वरोजगारको विकास गर्न मद्दत पुगने बताउने भयाे । 

    प्रकाशित मिति :जेठ २६, २०८० शुक्रवार - १६:११:४० बजे

    मदन नगरकोटी

    images
    ताजा अपडेट
    धेरै पढिएको