Logo

बिहिवार, श्रावण १४ गते २०८३

गाेरखा पालुङ्टार नगरपालिका भित्रका गर्मी बढ्न थालेपछि तीन दिन विद्यालय बन्द हुने

गाेरखा पालुङ्टार नगरपालिका भित्रका गर्मी बढ्न थालेपछि तीन दिन विद्यालय बन्द हुने

जोईन खबर

२६, जेठ २०८०
  • 844
    SHARES
  • गाेरखा पालुङ्टार नगरपालिका भित्रका   गर्मी बढ्न थालेपछि तीन दिन  विद्यालय बन्द हुने

    २६ जेठ काठमाडौ । गाेरखा पालुङ्टार नगरपालिकाभित्रका गर्मी बढ्न थालेपछि विद्यालयहरु तीन दिन बन्द हुने भएका छन् । नगरपालिकाअन्तर्गत शिक्षा शाखाले शुक्रबार एक सूचना जारी गर्दै  आउँदो आइतबारदेखि मंगलबारसम्म विद्यालय बन्द गर्ने जनाएको हो ।

    images

    नगरपालिकामा सामुदायिक र संस्थागत गरी ५३ वटा विद्यालयहरु छन् ।बिगत केही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण विद्यालयमा हुने पठनपाठन तथा विद्यार्थीको स्वास्थ्यमा समेत असर पर्न सक्ने हुँदा आउँदो आइतबारदेखि मंगलबारसम्म बर्खे विदाबाट कट्टी हुने गरी सम्पूर्ण विद्यालयहरु बन्द गरिएको नगर कार्यापालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत माधव पोखरेलले जानकारी दिनुभयो ।

    palung tar.jpg

    प्रकाशित मिति :जेठ २६, २०८० शुक्रवार - १६:४०:३९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको