२६ जेठ काठमाडौँ । गोरखाको धार्चे गाउँपालिकालले पूर्ण खोप घोषणा गर्ने भएका छन्। धार्चे गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा खोपको मापदण्ड पूरा गरे पछि बिहिबार गाउँपालिकाले पूर्ण खोप घोषण गरेको हो ।
यस गाउँपालिकामा मिति २०७९/ १२/१२ गत देखि १४ गते सम्ममा सबै वडामा स्वास्थ्य कर्मीहरुले वडा भित्रका १६ देखि ५९ महिन भित्रका बालबालिकाहरुले १५ महिना भित्र नियमित खोप लिए नलिएको अनुसन्धान गर्दा एक जना बच्चाले नलिएको भेटिए गाउँपालिका स्वास्थ्य प्रमुख अमृत बहादसर घलेले जानकारी दिनुभयो । त्यो बच्चालाई पनि पूर्ण खोपको व्यवस्था गरिएको घलेले बताउनुभयो । स्वास्थ्य प्रमुख घलेका अनुसार बालबालिकालाई घरधुरी सर्वेक्षण गर्दा १६ महिना देखि ५९ महिनाका बालबालिका ५२२ जना १५ महिना मुनिका २८२ र २८१ जना बनलबालिकालाई पूट खोप लगाइएको बताउनुभयो ।
यही मिति २०८०/२/१८ देखि २३ गतेसम्म धनर्चे गाउंपालिकाले आ-आफ्नो वडालाई पूर्ण खोप घोषण गरेका थिए।यह यसै क्रममा चार्चे गाउँपालिका अध्यय अध्यक्ष लक्ष्माण गुरुड़ अध्यक्षतामा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन थापा मगर प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिल गुरुङ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख याम प्रसाद शर्मा र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनार लगायतले मन्तव्य राखेका थिए। धार्चे गाउँपालिका सात वाटै वाडकाे स्वास्थ्य कर्मी र स्वयँसेवक उपस्थिति भएकाे थिए ।