Logo

बिहिवार, श्रावण १४ गते २०८३

सिमरामा सबैभन्दा बढी गर्मी

सिमरामा सबैभन्दा बढी गर्मी

जोईन खबर

२६, जेठ २०८०
  • 712
    SHARES
  • सिमरामा सबैभन्दा बढी गर्मी

    २६ जेठ काठमाडौ ।  देशका तराइका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने जल तथा माैसम पुर्वानुमान महाशाखाले जनाएकाे छ । साेहि कारण सो भू-भागहरूमा तातो हावा र लू चलिरहेको अवस्था रहेकाे महाशाखाकाे भनाइ छ ।

    images

    हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। हिजाे अर्थात् बिहीबार सबैभन्दा बढी तापक्रम सिमरामा रहेकाे महाशाखाले जनाएकाे छ । सिमरामा हिजाे दिउँसाेसम्म ४२.६ डिग्री सेल्सियस मापन गरिएकाे थियाे ।

    महासंघका अनुसार कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

    आगामी २ दिनकाे माैसमी अवस्था यस्ताे

    महाशाखाका अनुसार आगामी २ दिन पनि माैसमकाे अवस्था यस्तै रहिरहनेछ । भाेली अथवा शनिबार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  आइतवार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

    प्रकाशित मिति :जेठ २६, २०८० शुक्रवार - १७:५६:५९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको