२८ जेठ काठमाडौं । गण्डकी प्रदेशको गोररखा नगरपालिका भित्र सबै विद्यालय तथा पठनपाठन बन्द गरीएको छ ।हरअहिले गर्मीका कारण धेरै ठाउमा पठनपाठनमा समस्य आएका छन्। यस्तै गोरखाको नगर क्षेत्र भित्र रहेएका सबै विद्यालय केही दिनको लागि बन्दा गरिएको सूचना वा जानकारी नगरपालिका प्रमुख नगर कृष्ण राना मगरले बताउनु भयो ।
नेपालको धेरै ठाउहरुमा गर्मीका कारण पठनपाठन बन्द रहेएको छ। गोरखामा केही दिन यता गर्मी बढेकासँगै बालबालिकको स्वास्थ्य असर पर्न सक्ने भएकाले विद्यालयहरु बन्द गरिएको हो। नगर प्रमुख भन्नु हुन्छ। अहिले गर्मीका कारण बन्द गरीएको विद्यालयलाई बर्खे विदामा कट्टी हुने गरी विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार विद्यालय विद्यार्थीलाई विदा दिई विद्यालयको निर्णय प्रतिलिपि सहित र शिक्षा शाखामा जानकारी दिई विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।
यसै गरि दिनदिनै गर्मी कम भएन भने फेरि निर्णय गरेर विदा थप गर्ने सकिने र अहिले विद्यालय भवन तातेर दिउँसोको समयमा बालबालिकाहरु कक्षा कोठा भित्र बस्न नसकिने अवस्था आएको यस्तो अवस्थामा विद्यालय बन्द गर्नु नै उचित हुने भएकाले केहिदिन पठनपाठन बन्द गरिएको नगरप्रमुख राना मगरको भनाइ छ ।
गोरखा क्षेत्रमा पछिल्लो समय दिउसोको तापक्रम ३९/४० डिग्री भन्दा बढी भएको तापक्रम मापनले गरिएको र हिजो आज तापक्रम घटनु भन्दा झन बढ्दै गएको नगर प्रमुख कृष्ण रानाले बताउनुभयो । अहिले गोरखाम ठूलो मानिसहरू दिउँसो हिडडुल गर्ने वा कुनै कामले घर बाट बाहिरा निस्किन समेत गारो वा कठिनाइ भएको छ ।