२८ जेठ काठमाडौ । गोरखामा पानी पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। धार्चे गाउँपालिका वडा नम्बर ५ सिङ्ला घर भएका ८ वर्षिय मनिष गुरुङको पौडी खेल्ने क्रममा पोखरीमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक डिएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो ।
गोरखा नगरपालिका वडा नम्बर ६ ढाडगाँउमा बस्दै आएका गुरुङ हिजो साँझ करिब ५ बजेतिर पटेली स्थित रानी पोखरीमा अन्य ३ साथीहरु संग पौडी खेल्न पुगेका थिए। पौडी खेल्ने क्रममा बालकको डुबेर मृत्यु भएको उहाँले बताउनुभयो ।
पोखरीमा डुबेर उन नसकेपछि साथीहरुले हारगुहार गरेपछि स्थानीयवासी र प्रहरीले उद्धार गरी बालकलाई उपचारका लागि गोरखा अस्पतालमा पुयाएको थियो ।अस्पतालमा पुयाएं लगते चिकित्सकले मुरुडलाई मृत घोषणा गरेको डिएसपी लामिछानेले जानकारी दिनुभयो स्थानीय र प्रहरीको सहयोगमा गुरुलाई पोखरीबाट निकालेर गोरखा अस्पताल लगिएको थियो ।