Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपाल राष्ट्रिय शिक्षक अभिभावक संघकाे अध्यक्षमा कुमाल चयन

नेपाल राष्ट्रिय शिक्षक अभिभावक संघकाे अध्यक्षमा कुमाल चयन

जोईन खबर

२९, जेठ २०८०
  • 685
    SHARES
  • नेपाल राष्ट्रिय  शिक्षक अभिभावक संघकाे   अध्यक्षमा   कुमाल चयन

    २९ जेठ काठमाडौ ।गण्डकी प्रदेश गोरखा जिल्लाकाे  सम्मेलनमा बुद्धिबहादुर कुमालको  अध्यक्षतामा नेपाल राष्ट्रिय शिक्षक अभिभावक संघकाे नयाँ जिल्ला समिति गठन भएको छ । गोरखा सदरमुकाम रहेकाे होटल गोरखा प्यालेसमा शनिबार सम्पन्न भएको सम्मेलनले कुमालको अध्यक्षतामा १४ सदस्सीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो ।

    images

    उपाध्यक्ष बिजय पुडासैनी, भगवती चेपाङ, सचिवमा एकबहादुर थापा, सहसचिवमा गंगा भट्ट, कोषाध्यक्षमा सिताराम नेपाली र सहकोषाध्यक्षमा मखना खड्का चयन हुनुभएको नवनिर्वाचित समितिका उपाध्यक्ष बिजय पुडासैनीले जानकारी दिनुभयो ।

     सदस्यहरु  राधिका कुमाल, लालबहादुर कुमाल, अशोका थापा, भूपालबहादुर गुरुङ, ऋषि लामिछाने, शशी बस्नेत र इश्वरी प्रसाद लामिछाने चयन हुनुभएको उहाँले बताउनुभयो ।

    गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरको प्रमुख आतिथ्यतमा भएको सम्मेलनको उद्घाटन कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक अभिभावक संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका इन्चार्ज श्याम शर्मा, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसाल, लगायतको सहभागिता रहेको थियो ।  साथै अब आउने दिनहरुमा शिक्षा क्षेत्र नाँय कुराहरुकाे पठनपाठन सुरुवात गर्ने नाँय समितिकाे भनाई छ ।

     

    प्रकाशित मिति :जेठ २९, २०८० सोमवार - १०:५७:२३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको