Logo

बिहिवार, श्रावण १४ गते २०८३

फोनको फिङ्गरप्रिन्ट सेन्सरले काम गरेन ? यस्तो गर्नुहोस्

फोनको फिङ्गरप्रिन्ट सेन्सरले काम गरेन ? यस्तो गर्नुहोस्

जोईन खबर

२९, जेठ २०८०
  • 682
    SHARES
  • फोनको फिङ्गरप्रिन्ट सेन्सरले काम गरेन ?   यस्तो  गर्नुहोस्

    २९ जेठ काठमाडौ ।स्मार्टफोनमा फिङ्गरप्रिन्ट सेन्सर अत्यावश्यक जस्तै भएको छ । औंलाको छापबाट सेकेन्डभन्दा पनि कम समयमा डिभाइस अनलक गर्न सकिने भएकाले यो फिचर धेरैको रोजाइमा परेको छ ।

    images

     मोबाइल धनीको बाहेक अरूको फिङ्गरप्रिन्टले डिभाइस नै खुल्दैन । त्यसैले पनि हरेक पुस्ताले यो फिचर अत्यधिक रुचाएका छन् । तर, फोन पुरानो हुँदै जाँदा वा अन्य कुनै समस्याका कारण सेन्सरले काम गर्न छोड्न सक्छ ।

    १) सफ्टवेयर अपडेट गर्नुहोस्
     
    फोनमा बारम्बार अपडेट गर्नुहोस् भनेर आउने नोटिफिकेसनले तपाईँलाई दिक्क बनाएको हुनसक्छ । त्यसैले हामी अपडेट गर्नेबारे आएको नोटिफिकेसन नै बन्द गर्छौं ।वास्तवमा हामीले अपडेटको नोटिफिकेसन बन्द गरेको र डिभाइस अपडेट नगरेकै कारण फिङ्गरप्रिन्ट सेन्सरले काम गर्न छोडेको हुनसक्छ । सफ्टवेयरमा हुने कमजोरीले गर्दा नै डिभाइसमा विभिन्न कमजोरी आइरहेका हुन्छन् ।अपडेट इन्स्टल गरिसकेपछि डिभाइस रिस्टार्ट हुन्छ । त्यसपछि तपाईंको डिभाइसको फिङ्गरप्रिन्ट सेन्सरले काम गर्न सक्छ ।
     
    २) कटन स्वाब वा क्युटिप प्रयोग गरेर सफा गर्नुहोस्

    अन्डरडिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर भएको अवस्था बाहेक अधिकांश डिभाइसको लक बटन वा पछाडिपट्टि फिङ्गरप्रिन्ट सेन्सर रहेको हुन्छ । त्यसैले सेन्सरमा धुलो परेर, औंलाको फोहोर पसेर वा अन्य कुनै फोहोर पसेर सपोर्ट नगरेको हुनसक्छ ।

    त्यसैले कटन स्वाब अथवा क्युटिप (कपास) प्रयोग गरेर सेन्सरलाई सफा गर्न सकिन्छ । विशेषगरी स्क्रिन सफा गर्ने लिक्विड (आइसोप्रोपाइल अल्कोहल) लाई स्वाबमा घसेर सफा गर्दा सेन्सरमा परेको फोहोर हटाउन सकिन्छ । तर, सफा गर्दा पनि विस्तारै पुछ्नुपर्छ ।

    ३) फिङ्गरप्रिन्ट सेटिङ अन गर्नुहोस्

    तपाईंले फोन प्रयोग गर्दा गर्दै सेटिङबाट फिङ्गरप्रिन्ट सेन्सर अफ गर्नु भएको हुनसक्छ । त्यस्तै तपाईंलाई डिभाइस खरिद गर्दा नै त्यसमा फिङ्गरप्रिन्ट चल्छ भनेको हुनसक्छ । तर, तपाईंले ख्याल नगर्नु भएको हुनसक्छ ।

     - सबैभन्दा पहिले डिभाइसको सेटिङ एप खोल्नुहोस् । 

    - त्यसपछि बायोमेट्रिक्स एन्ड सेक्युरिटीको अप्सनमा जानुहोस् । 

    - अनि, फिङ्गरप्रिन्टको अप्सनमा जानुहोस् । 

    ४) फोन रिस्टार्ट गर्नुहोस्

    कहिलेकाही डिभाइसलाई अफ गरेर अन गर्दा केही समस्याको समाधान हुन्छ । विशेषगरी वाई-फाईले काम नगर्दा, एपहरू राम्रोसँग नचल्दा वा फिङ्गरप्रिन्ट सपोर्ट नगरेको अवस्थामा डिभाइस अफ गरेर अन गर्दा तपाईंको समस्या समाधान हुन सक्छ । 

    ५) सर्भिस सेन्टरमा जानुहोस् 

    कतिपय अवस्थामा माथि भनिएका सबै प्रक्रिया अपनाउँदा पनि फिङ्गरप्रिन्ट सेन्सरले काम नगर्न सक्छ । यस्तोमा तपाईंको फिङ्गरप्रिन्ट सेन्सर नै बिग्रेको वा कम सेन्सेटिभ भएको हुनसक्छ ।केही अवस्थामा सेन्सरमा पानी पस्दा वा कतै खसेको छ भने सेन्सरमा असर परेर पनि सेन्सरले तपाईंको फिङ्गरप्रिन्ट सेन्सर सपोर्ट नभएको हुन्छ । त्यस्तोमा फिङ्गरप्रिन्टकै लागि नयाँ डिभाइस खरिद गर्ने भन्ने पनि हुँदैन ।

     

    प्रकाशित मिति :जेठ २९, २०८० सोमवार - १२:५७:३० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको