Logo

बिहिवार, श्रावण १४ गते २०८३

छ हजार वडा कार्यालयमा इन्टरनेट जडान सम्पन्न

छ हजार वडा कार्यालयमा इन्टरनेट जडान सम्पन्न

जोईन खबर

२९, जेठ २०८०
  • 685
    SHARES
  • छ हजार वडा कार्यालयमा इन्टरनेट जडान सम्पन्न

    २९ जेठ काठमाडौ । देशभरका करिब छ हजार वडा कार्यालयमा इन्टरनेट जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लाे प्रतिवेदन अनुसार कोषको रकम परिचालन गरी देशका पाँच हजार ९३३ वडा कार्यालयहरूमा ब्रोडब्यान्ड इन्टरनेट जडान सम्पन्न गरिएको छ ।

    images

    प्राधिकरणले कोषमार्फत उपलब्ध गराउने १८ ओटा प्याकेजहरू मार्फत ७४ जिल्लाहरूका तोकिए बमोजिमका वडा कार्यालयहरूमा इन्टरनेट जडान गरिएको हो । यसका साथै हालसम्म ७०८ स्थानीय कार्यालय, पाँच हजार ३१८ सामुदायिक माध्यमिक विद्यालय र चार हजार २४९ सामुदायिक स्वास्थ्य संस्थाा/अस्पतालमा ब्रोडब्यान्ड जडान सम्पन्न भएका छन् ।

     

     

     

    प्रकाशित मिति :जेठ २९, २०८० सोमवार - १३:३८:१६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको