Logo

बिहिवार, श्रावण १४ गते २०८३

थप सत्ताइस हजार क्विन्टल चामल दुर्गम जिल्लामा पठाइँदै

थप सत्ताइस हजार क्विन्टल चामल दुर्गम जिल्लामा पठाइँदै

जोईन खबर

२९, जेठ २०८०
  • 661
    SHARES
  • थप सत्ताइस हजार क्विन्टल चामल दुर्गम जिल्लामा पठाइँदै

    २९ जेठ काठमाडौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थप माग आएका दुर्गम जिल्लाबाट २७ हजार क्विन्टल चामल ढुवानी गर्न लागेको हो । चालु आर्थिक वर्षका लागि स्वीकृत कोटाले अपुग भएपछि १२ जिल्लाबाट थप माग आएकामा कम्पनीले २६ हजार ९७० क्विन्टल चामल पठाउन लागेको हो । खाद्यान्न अभाव भएपछि ती जिल्लाबाट चामलको माग आएको हो । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले १२ जिल्लाबाट ४३ हजार १७० क्विन्टल चामलको माग आएकामा २६ हजार क्विन्टल चामल पठाउन लागिएको जानकारी दिनुभयो । 

    images

    सोमबारदेखि नै ती जिल्लामा चामल ढुवानी गरिने उहाँले जानकारी दिनुभयो । हुम्लामा २५ हजार क्विन्टल चामलको माग आएकाले निर्णय गरेर केही दिनमै चामल पठाउने उहाँले जानकारी दिनुभयो । कर्णालीका धेरै जिल्लाबाट धेरै चामलको माग आएको कम्पनीले जनाएको छ ।

    अछाममा दुई हजार पाँच सय क्विन्टल र दार्चुलामा पाँच हजार चार सय क्विन्टल चामल ढुवानी गर्न लागिएको कम्पनीले जनाएको छ । बाजुरामा तीन हजार पाँच सय क्विन्टल, जाजरकोटमा चार हजार क्विन्टल थप चामल ढुवानी गर्न लागिएको कम्पनीले जनाएको छ । मुगुमा दुई हजार पाँच सय क्विन्टल, मुस्ताङमा २७० क्विन्टल ढुवानी गर्न लागिएको छ ।

    स्थानीयस्तरमा पर्याप्त उत्पादन नहुँदा कर्णाली जुम्ला, कालीकोट, हुम्ला, मुगुलगायतका अन्य दुर्गम जिल्लामा खाद्य कम्पनीले चामल पठाउने गर्छ । कम्पनी लिमिटेडले चालु आवमा तीन लाख क्विन्टल चामल ढुवानी गर्नुपर्ने कोटा निर्धारण गरेको छ । त्यसमध्ये कम्पनीले साउनदेखि जेठ २५ सम्म दुई लाख २३ हजार क्न्टिल चामल ढुवानी गरिसकेको जनाएको छ । दुर्गम जिल्लाका जनतालाई सुपथ मूल्यमा चामल उपलब्ध गराउन चालु आवमा ४९ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । 

    प्रकाशित मिति :जेठ २९, २०८० सोमवार - १४:१६:२३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको