Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपाली कांग्रेसका केन्द्रीय सदस्य महरले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै खोलिनुपर्छ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य महरले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै खोलिनुपर्छ

जोईन खबर

२९, जेठ २०८०
  • 613
    SHARES
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य  महरले  गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै खोलिनुपर्छ

    २९ जेठ काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले गेटामा निर्माणाधीन मेडिकल संरचनामा दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नै खोलिनुपर्ने बताएका छन्।काठमाडौंमा आयोजित स्वास्थ्य सरोकार समूहको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले गत माघ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गेटामा दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय खोल्ने निर्णय गरेकाले सोहीअनुरूप अघि बढ्नुपर्ने धारणा राखे।

    images

    ०४४ सालतिर शंकराचार्यले गेटामा मेडिकल कलेज स्थापना गर्ने भन्दै केही जग्गा किनेको र सानो घर पनि बनाएको स्मरण गराउँदै महरले भने, ‘शंकराचार्यले नै ०५६ मा जयन्त सरस्वती स्वर्ण महोत्सव ट्रस्ट स्थापना गर्नुभएको हो। त्यही वर्ष सरकारले गेटा आँखा अस्पतालअगाडिको ७७ बिघा जमिन मेडिकल कलेज स्थापनाका लागि ट्रस्टको नाममा दिएको थियो।सुदूरपश्चिममा सरकारको लगानीमा निर्माण भएको यो ठूलो परियोजना हो।

    बारम्बार सरकारको कमजोर नीति र खेलाँचीका कारण संरचना नै अलमलमा पर्ने अवस्था सिर्जित हुनु निकै दुःखद छ,’ उनले भने, ‘राम्रो स्वास्थ्य संस्था नहुँदा बर्सेनि ठूलो मात्रामा हाम्रो धनराशि भारतीय अस्पतालमा खर्च भइरहेको छ। 

    गेटामा विश्वविद्यालय बने त्यसले मुलुकको स्वास्थ्य क्षेत्रमा काँचुली फेर्ने भएकाले यसलाई कुनै पनि बहानामा अलमलमा पार्न नहुने उनको तर्क छ।स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा मन्त्रिपरिषद्ले एउटा निर्णय गर्ने र बजेट आउँदा अर्कै धारणा आउनुले सिंगो सुदूरपश्चिमका जनताको भावनामाथि खेल्ने काम भइरहेको महरको भनाइ छ।

    प्रकाशित मिति :जेठ २९, २०८० सोमवार - १५:१०:०६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको