Logo

बिहिवार, श्रावण १४ गते २०८३

उपत्यकाका पहाडमा १ सय भन्दा बढी पोखरी बनाइने

उपत्यकाका पहाडमा १ सय भन्दा बढी पोखरी बनाइने

जोईन खबर

२९, जेठ २०८०
  • 709
    SHARES
  • उपत्यकाका पहाडमा १ सय भन्दा बढी पोखरी बनाइने

    २९ जेठ काठमाडौ । काठमाण्डाै उपत्यकामा बाग्मती र त्यसका सहायक नदी सफा बनाउनका लागि उपत्यकाका पहाडमा १ सय ९८ वटा पोखरी बनाइने भएको छ । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले बर्खामा पानी हुने र हिउँदमा रिचार्ज भएर छाड्न पनि मिल्ने गरी पोखरी बनाउने योजना ल्याइएको समितिका सूचना अधिकारी कमल अर्यालले बताउनुभयो । 

    images

    अहिले उपत्यकाका नदीमा बर्खामा बाढी पस्ने र हिउँदमा खोला पूर्णरूपमा सुक्खा हुने समस्या छ । नदी सफा हुनलाई प्रशोधन केन्द्र आवश्यक रहेको उहाँले बताउनुभयो । गुहेश्वरीमाथि धापमा जस्तै विभिन्न ठाउँमा पार्क बनाइने समितिको भनाइ छ । पर्यटकीय हिसाबले महत्त्वपूर्ण हुने तथा हिउँदमा पानी रिचार्ज गरी बर्खामा बाढी नियन्त्रण हुने गरी धाप निर्माणको योजना रहेको उहाँले जानकारी दिनुभयो । 

    बाग्मती काेरिडोरमा सन् २००९ देखि सन् २०१४ सम्मका लागि बाग्मती कार्ययोजना बनाइएको थियो । त्यसलाई अध्यावधि गरी सन् २०२३ देखि सन् २०४३ सम्मको कार्ययोजना बनाइएको छ ।बाग्मती नदी सफा बनाउने उद्देश्यले समिति स्थापना भए पनि पछि यसको कार्यक्षेत्र विस्तार भएर सफाइसँगै नदी आसपासमा पूर्वाधार निर्माणमा लागेको थियो । सुरुमा कार्यान्वयन र अनुगमन समितिका रूपमा स्थापना भएकाेमा २०६५ साल जेठमा यसलाई अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति नामकरण गरिएको थियो । 

    प्रकाशित मिति :जेठ २९, २०८० सोमवार - १५:३४:४३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको