Logo

बिहिवार, श्रावण १४ गते २०८३

उमेर सच्याएर वृद्ध भत्ता लिने वृद्धलाई १० हजार जरिवाना

उमेर सच्याएर वृद्ध भत्ता लिने वृद्धलाई १० हजार जरिवाना

जोईन खबर

२९, जेठ २०८०
  • 736
    SHARES
  • उमेर सच्याएर वृद्ध भत्ता लिने वृद्धलाई १० हजार जरिवाना

    २९ जेठ काठमाडौ । गण्डकी प्रदेशकाे  गाेरखा  प्रशासन कार्यालय गोरखाले नागरिकता प्रमाणपत्रमा उमेर सच्याएको भन्दै ९० वर्षीय एक वृद्धलाई कारबाही गरेको छ ।बारपाक सुलिकोट गाउँपालिका वाड न -७ का छन्दप्रसाद पाण्डेले नागरिकतामा उल्लेखित आफ्नो जन्म मिति सच्याएका हुन् ।

    images

    उनले नागरिकतामा १९९० उल्लेख भएको जन्म मितिलाई केरमेट गरेर १९८३ बनाएको भेटिएको छ । उनले दश हजार जरिवाना तिरेका छन् र राज्य कोषबाट के कति सुरक्षा भत्ता रकम लिएका छन् सो रकम सम्बन्धित पालिकाबाट असुल उपर गर्न भनिएको छ । जिल्ला प्रशासन कार्यालयले बारपाक सुलीकोट गाउँपालिकालाई पत्राचार गरी पाण्डेले नागरिकता सच्याएर राज्य कोषबाट कति रकम भत्ता लिए भन्ने विवरण मागेको जिल्ला प्रशासनले बताएकाे छन्  ।

    प्रकाशित मिति :जेठ २९, २०८० सोमवार - १६:३४:२९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको