Logo

बिहिवार, श्रावण १४ गते २०८३

मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु

मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु

जोईन खबर

२९, जेठ २०८०
  • 694
    SHARES
  • मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु

    २९ जेठ काठमाडौ । गण्डकी प्रदेशकाे गाेरखामा  मेलमिलाप सम्बन्धी आधारभूत तालिम  दिदै । गोरखा नगरपलिकाको आयोजनामा विवादको साटो मेलमिलापको बाटो भन्ने नारासहित आज ९ सोमबार०देखी तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै मेयर कृष्ण बहादुर रानाले मेलमिलाप सम्बन्धी आधारभूत तालिम सिकेर गोरखा नगरपालिकालाई न्यायिक, नमुना र उदहरणीय नगर बनाउनु पर्नेमा जोड दिनुभयो ।

    images

    उहाँले गाँउघरको समस्या स्थानीय स्तरमा नै मिलाउनु पर्ने बताउनुभयो । सानो झगडा पनि माथिल्लो निकायमा गयो भनी बढेर ठुलो र झनझटिलो बन्न सक्ने भएकाले गाँउमै समाधान गर्नका लागी मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु गरिएको मेयर रानाको भनाई छ । मेलमिलाप कर्ता हो भनेर मुखले भन्दा व्यवहारले देखाउनु पर्ने उहाँको भनाई छ । तालिममा नगरपालिका भित्रका १४ वटै वडाका वडाबाट सिफारिस गरिएका करिब ५० जनाकोे सहभागिता रहेको छ । तालिमलाई ४ जनाले आलोपालो गरी सहजीकरण गर्ने भएका छन् ।

    मेयर रानाको प्रमुख अतिथ्यता तथा उपमेयर थोकरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा, प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पुन नगरपालिकाको कार्यापालिका सवित्रा थापा पुलामी मगर, न्यायिक समिताका सदस्यलगायतको उपस्थिती रहेको थियो । 

    प्रकाशित मिति :जेठ २९, २०८० सोमवार - १७:०५:०१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको