Logo

बिहिवार, श्रावण १४ गते २०८३

पाँच दिने महिलाहरुलाई झोल साबुन बनाउने तालिम सुरु

पाँच दिने महिलाहरुलाई झोल साबुन बनाउने तालिम सुरु

जोईन खबर

३०, जेठ २०८०
  • 709
    SHARES
  • पाँच दिने महिलाहरुलाई झोल साबुन बनाउने तालिम  सुरु

    ३० जेठ काठमाडौ । गोरखा नगरपालिका वडा नं. १२    मा महिलाहरुलाई झोल साबुन बनाउने तालिम दिएको  हाे । सत्यदेवी महिला समूहको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोगमा वडा भित्रका महिलाहरुलाई झोल साबुन बनाउने तालिम दिएको हो । तालिममा वडा भित्रका ३६ जना महिलाको सहभागिता रहेका थियो । तालिमको आज (सोमबार) एक कार्यक्रम गरि समापन गरिएको महिला समूहकी अध्यक्ष खगु माया लामिछानेले जानकारी दिनुभयो ।

    images

    समापन कार्यक्रमलाई सम्बोधन गर्दै गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकर ( सपना पुन)ले तालिम लिनु भन्दा पनि व्यहारमा उर्तानु ठुलो कुरा हुने तर्क व्यक्त गर्नुभयो । नगरपालिकाले सबै महिलाहरुलाई उधमशिलता तालिम दिएर उधमी बनाउने उदेश्य राखेको उहाँले बताउनुभयो । 

    तालिममा मात्रै सिमित रहने हो भनी यस बाहेक कुनै खालको सहयोगको अपेक्ष नगर्न समेत उहाँले आग्रह गर्नुभयो । उत्पादित झोल साबुन लुगा धुन मात्र नभई अन्य घरायसी प्रयोजनका लागी पनि प्रयोग गर्न सकिने तालिममा सहभागि मध्यको एक अमृता थापाले बताउनुभयो । पाँच दिन सम्म चलेको तालिमलाई सुबिनि लामिछानेले प्रशिक्षण गराउनु भएको थियो ।

     

    प्रकाशित मिति :जेठ ३०, २०८० मंगलवार - १०:५१:३१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको