Logo

बिहिवार, श्रावण १४ गते २०८३

नागरिक उड्डयन मन्त्री किराँतीले निगममा जहाज थप्न नदिन षड्यन्त्र भइरहेको छ

नागरिक उड्डयन मन्त्री किराँतीले निगममा जहाज थप्न नदिन षड्यन्त्र भइरहेको छ

जोईन खबर

३०, जेठ २०८०
  • 688
    SHARES
  • नागरिक उड्डयन मन्त्री किराँतीले निगममा जहाज थप्न नदिन षड्यन्त्र भइरहेको छ

    ३० जेठ काठमाडौ । नेपाल वायु सेवा निगममा नयाँ जहाज थप्न नदिन षड्यन्त्र भइरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बताएका छन् । नयाँ जहाज नकिन्ने भए मन्त्रालय खारेज गरिदिए पनि हुने उनले बताए ।

    images

    नेपाल वायु सेवा निगमको विमान मलेसियाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेपछि मंगलबार बिहान विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री किराँतीले नयाँ जहाज थप्न नदिने षड्यन्त्र भइरहेको बताएका हुन् ।

    भारतसँग हवाई रुटको अनुमति लिन सरकारले प्रयास गरिरहेको भन्दै उनले छिट्टै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुने आश्वासन दिए । बौद्ध धर्मावलम्बीको बाहुल्य भएका थाइल्यान्ड, कम्बोडिया, श्रीलंकामा सिधा हवाई उडानका लागि पनि पहल भइरहेको मन्त्री किरातीले बताए ।

    कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य दीपक बोहराको लिखित मन्तव्य बाचन गर्दै राप्रपा केन्द्रीय सदस्य स्वाती थापाले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित नहुँदा निजी क्षेत्रले पर्यटन, कृषि र अन्य व्यवसायमा करिब ८० अर्ब लगानी गरेपनि व्यवसाय संकटमा परेको हुँदा सरकार गम्भीर हुनुपर्ने मन्त्री  किराँतीले बताएका छन् । 

     

    प्रकाशित मिति :जेठ ३०, २०८० मंगलवार - १३:०५:२१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको