Logo

बिहिवार, श्रावण १४ गते २०८३

सत्ता गठबन्धनको छलफलमा के–के भयो ? कुराकानी

सत्ता गठबन्धनको छलफलमा के–के भयो ? कुराकानी

जोईन खबर

३०, जेठ २०८०
  • 724
    SHARES
  • सत्ता गठबन्धनको छलफलमा के–के भयो ? कुराकानी

    ३० जेठ काठमाडौ । बालुवाटारमा सत्ता गठबन्धनका नेताहरू बीच छलफल भएको छ।सरकारले अघि सारेको बजेटमा सत्तारूढ दलभित्रै असन्तुष्टि चुलिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान साझेदार दलहरूलाई बोलाएर छलफल गरेका हुन्।छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका उपाध्यक्ष तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठलगायत थिए।

    images

    एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेटलाई लिएर सरकार दुर्घटनामा पर्ने बताइरहेका छन् भने उपाध्यक्ष राजेन्द्र पाण्डेले यथास्थितिमा बजेट पास नै हुन नसक्ने बताइरहेका बेला प्रधानमन्त्री प्रचण्डले तदारूकता देखाएका हुन्।

    कतिपय स्रोत सुनिश्चित नभएको आयोजना बजेटमा समावेश गरिएको हुन्छ, प्रधानमन्त्रीले मिलाउँछु भन्नु भएको छ। असन्तुष्टिको हल खोज्ने र समझदारी बनाएर अघि बढ्ने कुरामा गठबन्धन एकढिक्का छ,’ श्रेष्ठले भने।यता प्रधानमन्त्रीको सचिवालयले पनि सरकारले ल्याएको नीति, कार्यक्रम बजेटमा समान धारणा बनाएर अघि बढ्न सत्ता साझेदार दलहरू एकमत भएको बताएको छ।

    प्रकाशित मिति :जेठ ३०, २०८० मंगलवार - १५:२८:३७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको